Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

पर्यटकीय गन्तव्य वन्दै, मनकामनाकी बहिनी मालिका

तस्विर : रामचन्द्र घर्ती

जाजरकोट १४ असार । एक वर्ष अघि सम्म कुनै चर्चा नभएको जाजरकोटको मछाइना स्थित मालिका क्षेत्र अहिले भने उत्कृष्ट पर्यकटकीय क्षेत्रको रुपमा परिचित हुन थालेको छ । भेरी नगरपालिका वडा नम्वर ६ मछाइनामा अवस्थित मालिका क्षेत्रलाइ नेपालकै उत्कृष्ट पर्यकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय सरकार र सरोकारवालाहरु जुटे पछि यसको महत्व र सुन्दरताको चर्चा हुन थालेको हो ।

समुद्र सतह देखि २४ सय ९० मिटर उचाइमा रहेको मालिका क्षेत्र प्राकृतिक सुन्दरता र धार्मिक दृष्टिकोणले निकै उत्कृष्ट र महत्वपुर्ण मानिन्छ । सदरमुकाम खलंगा वजारदेखि १९किलोमिटरको दुरीमा रहेको मालिका क्षेत्र चर्चित मालिका देवीको वासस्थान भएको कारण मात्र नभएर प्राकृतिक सुन्दरताको खानी भएकाले पनि उत्कृष्ट पर्यटकीय क्षेत्र वन्दै गएको स्थानीय दिपा वस्नेतले वताइन् ।

सरकार र अन्य सरोकारवालाहरुले गतिलो चासो दिएर यस क्षेत्रको प्रवद्र्धन गर्न सके वर्षेनी लाखौं पर्यटक भित्रयाएर आर्थिक लाभ लिन सकिने प्रचुर सम्भावना रहेको उनले वताइन् । चर्चित नायिका रेखा थापाले जाजरकोटको मालिका क्षेत्रको नामवाटै आफनो चलचित्रको नाम राखेका कारण पनि यसको चर्चा वढ्न थालेको छ । नायिका थापाले जाजरकोट दरवार र मालिका आसपासका क्षेत्रमा मालिका चलचित्रको छायांकण गरेपछि झन यसको चर्चा वढेको स्थानीय मनविर पुनले वताए । उनले मालिकाको डाँडामा पुग्ने जो कोहिले पनि धार्मिक हिसावले शुद्ध मन र मानसिक हिसावले फ्रेस दिमाग वनाएर फर्किने गरेको वताए । मालिका पुग्ने सवै मानिसहरुले निकै आनन्द र खुसीको अनुभति गर्ने गरेको पुनले वताए । जाजरकोटको मालिका पुग्नु र गोरखाको मनकामना पुग्नु एकै भएको पुनको भनाई छ । यहाँ निसन्ताहरुले बर मागेमा सन्तान प्राप्ती हुने विश्वास छ ।

साढे ६ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यका वेला दुई वहिनी मालिका र मनकामनालाई त्यति वेलाका राजाहरुले अन्याय पुर्ण व्यवहार गरेको भन्दै जाजरकोटको भुमि त्यागेर मनकामना गोरखा गएको किम्वदन्ती छ ।

सदरमुकाम खलंगावाट चार घन्टाको पैदल दुरी र गाडीको यात्रावाट डेढ घन्टाको दुरीमा रहेको मालिका क्षेत्र गोरखाकी मनकामना देवी मनकामनाको उत्पति स्थल पनि हो । गोरखाको मनकामना मन्दिरमा जस्तै जाजरकोटको मालिका मन्दिरमा पनि मगर जातिका पुजारी रहने व्यवस्था छ । मनकामना र मालिकालाइ दुइ वहिनीको रुपमा पुजिने मालिका क्षेत्र पर्यटकीय रुपले निकै उन्नत रहेको छ । साढे ६ सय वर्ष अघि स्थापना भएको जाजरकोट राज्यका वेला दुई वहिनी मालिका र मनकामनालाई त्यति वेलाका राजाहरुले अन्याय पुर्ण व्यवहार गरेको भन्दै जाजरकोटको भुमि त्यागेर मनकामना गोरखा गएको किम्वदन्ती छ ।

मनकामनाले जाजरकोटको भुमि छोड्दा सरापेर गएको हुनाले त्यहाँ अहिले पनि जाजरकोटी राजाका सन्तानहरु अर्थात शाह ठकुरीहरु मनकामनाको दर्शन गर्न जादैनन् । अहिले पनि जाजरकोटको मालिका क्षेत्रमा जाने हो भने मनकामनाको उत्पति भएको ठाउ भेरेमा नौवटा मुलहरु जाग्ने गरेको त्यहिको मन्दिरमा मनकामनाको पुजाआजा गर्ने गरिएको छ भने माथि अग्लो पहाडमा मालिका देवीको पुजा आजा गर्ने गरिएको छ । तल्लो छेउ अर्थात भेरेको नौमुलेमा मनकामना देवीको मन्दिर र पानीको दुर्लध ताल अनि त्यहि माथि डाँडाको भीरमा खस्नै लागेको जस्तो देखिने अजंगको पहाड माथि मालिका देवीको मन्दिर हेर्दै मनमोहक लाग्ने छ ।

त्यहि पहाड या ठुलो चट्टानकोे उचाइवाट टाढा टाढा सम्मको मनोरम दृस्यहरुको वजार देख्न सकिन्छ । स्थानीय सरकारले मालिका क्षेत्रमा आगुन्तुक पाहुनाहरुको लागि अतिथि गृह र वनभोज खानका लागि वस्ने घर पनि वनाइदिएको छ । घना जंगल र पर पर सम्म देखिने सेता हिमसृंखलाहरुको मनोरम दृस्य र गहिरो आस्थाकी देवी मालिकाको वर्षाैं पुरानो जीर्ण मन्दिरले सुन्दरता र ऐतिहासिक एवम धार्मिक महत्व वढाएको मालिका क्षेत्रलाई स्थानीय जनता र सरकारसंगै आफुले पनि केहि योगदान गर्ने नायिका रेखा थापाले वताइन् । यति सुन्दर ठाउँ छ मालिका जहाँको सुन्दरताले सारा दुख पिर भुल्न सकिन्छ त्यसको प्रर्वद्धन गर्न सके जाजरकोटको आर्थिक विकासमा समेत ठुलो सहयोग पुग्ने नायिका थापाले वताइन् ।

साउन पुर्णिमाको दिन ठुलो मेला लाग्ने गरेको मालिका अजंगको पहाड संगै ठुला घाँसे मैदानहरुले पनि सिंगारिएको छ । मालिका क्षेत्र जाजरकोटका लागि मात्र नभएर मुलुककै राम्रो पर्यटकीय गन्तव्य वन्ने सम्भावना देखिएको नायिका थापाको भनाई छ । पुर्वमा सिस्ने हिमाल, उत्तरमा कुसे र च्याखुरे हिमाल अनि दक्षिणतिर रुकुम सल्यानका हरिया फाँटहरु, आसपासमा छरिएर रहेका साना साना वस्तीहरु र वरीपरीको रमाइलो वाक्लो जंगल क्षेत्रले कोहि पनि पर्यटकको मनले एक छिन नभुलेर सुखै नपाउने वातावरण आफुले भेटाएको नायिका थापाले वताइन् । प्रचार प्रचारको अभाव र सरोकारवालाहरुले उचित प्रर्वद्धनको पहल नगरेका कारण ओझेलमा परेको मालिका क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि स्थानीय सरकार र अन्य सरोकारवालाहरु भर्खर सक्रिय भएका छन् । जिल्ला भित्र र वाहिरका सर्वसाधारणहरुका लागि मात्र नभएर विदेशी पर्यटकहरुका लागि समेत खोज र मनोरन्जनको आकर्षक पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना वोकेको मालिका क्षेत्रको विकास र प्रवद्र्धनका लागि भेरी नगरपालिकाले विशेष गुरु योजना तयार गर्न लागेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले वताए । उनले मालिका क्षेत्रलाई जाजरकोटको मात्र नभएर नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य वनाउनका लागि आफुहरुले पुर्वाधार निर्माण एवम अन्य संरचना तयार गर्न मालिका पर्यटन क्षेत्र विकासका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर समेत निर्माण गरिसकेको वताए ।

सडक, विजुली, सन्चार, सुविधा सम्पन्न मालिका भ्यु टावर, मालिका पहाडको घेरावार, रिसोर्ट, पार्क, पिकनिक स्पट लगाएतका पुर्वाधारहरु निर्माण गरेर मालिकालाइ नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आफुहरुले वजेट र योजनाको तर्जुमा गर्ने काम सुरु गरिसकेको र पर्याप्त मात्रामा आवश्यक बजेटको खोजी गरिरहेको नगरप्रमुख घर्तीले वताए । मालिका क्षेत्रमा सुविधा सम्पन्न पुर्वाधारहरु निर्माण गर्नुका साथै पर्यटकहरुका लागि होम स्टेको पनि व्यवस्था गर्ने र यसका लागि स्थानीय जनताहरुसंग सहकार्य गरिने प्रमुख घर्तीको भनाई छ ।

मछाइनामा फल्ने, स्याउ, आरु, आलु, आरुवखडा, मात्र होइन भेरेको आरीडावा र राम्री गाउँमा फल्ने लाखौंको ताजा जैविक तरकारीहरुले पनि आन्तरिक तथा वाहय पर्यटकहरुलाइ थप आर्कषित गर्ने स्थानीय सरोकारवालाहरुको भनाई छ । नेपालगन्जवाट समेत मालिका क्षेत्र अवलोकन गरेर फर्कन सक्ने अवस्था भइसकेको र अझै गुणस्तरीय सडक निर्माण गरेर मालिका लक्षित अन्य पुर्वाधारहरु निर्माण गर्न सके नेपालका सुदुर पुर्व र मध्य क्षेत्रवाट पनि पर्यटकहरुको आगमनलाइ वढाउन सकिने देखिन्छ । भेरी नगरपालिकाले मालिका क्षेत्रको पर्यटन विकासमा योगदान पुरयाउन २०७५ साललाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय गरेको छ ।

जनक केसी


ताजा समाचार