Loading... आजः शनिबार, अशोज २, २०७८

सहमतिमै गाउँपालिकाको केन्द्र तोकेको दाबि गर्दै जनप्रनिधिहरु प्रदेशमा

जाजरकोट,१३ असार । जाजरकोट गाउँपालिकाको केन्द्रको बिषयमा सहमतिमै तोकिएको भन्दै जनप्रतिनिधि अहिले प्रदेश सरकारसम्म पुगेका छन । बुधबाुर जिल्लाको जुनिचाँदे गाउँपालिकाका ३७ जना जनप्रनिधिहरु सहमतिमै गाउँपालिकाको केन्द्र तोकेको दाबि गर्दै कर्णाली प्रदेश सरकार मा पुगेका हुन ।
प्रदेश सरकारमा पुगेका जनप्रतिनिधिहरुले बहुमतमा गाउँपालिकाको केन्द्र तोकेको जानकारि गराउदै प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्र बहादुर शाही लाई ज्ञापन पत्र बुझाएको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसिले जानकारि दिए । “ गत बैशाख ३० गते हामिले बहुमतमा गाउँपालिकाको केन्द्र तोकेका हौं” उनले भने “केन्द्र तोक्दा वडा न दुई ,तिन र नौंले असमत जनाएकौ हो । तर ,अन्य आठ वडाले सहमति जनाए त्यसैले हामिले लुहादहमा केन्द्र तोक्यौं ।

” दुई तिहाई बहुमतका आधारमा केन्द्र तोकेको केसी बताए ।
गाउँपालिकाले लुहादहमा केन्द्र तोकेको दुई महिना बितिसक्दा पनि अझै गाउँपालिकाको केन्द्रको केन्द्रको बिषयमा बिबाद चलिरहेको छ । केन्द्रको बिषयमा बिवाद गर्ने वडाले नै सोही केन्द्र बाट आवश्यक सेवा लिई रहेपनि केन्द्र सोहि ठाउँमा राख्नु सबै वडा लाई अपाईक पर्ने भन्दै कहिले जिल्ला प्रशासन धाउछनत कहिले प्रदेश सरकार !


गाउँपालिकाको केन्द्र निर्धारण गर्दा सबै जनप्रतिनिधिहरुको सहमति बिनै गरेको र सबै स्थानिय सरकारलाई पायक पर्ने नभएकाले बिरोध गरेको वडा न दुईका वडा अध्यक्ष राम बहादुर नेपालीले बताए ।“ गाउँपालिकाको दोस्रो बिशेष सभामा मलाई खवर नै भएन ” उनले भने “
सेन्टर नभएको जनताको भावना बिपरित निर्णय अनुसार भएको देशमा पाटि एकता भएको बेला एका एक पाटिको निर्णय कदर नगरिएको आरोप लगाए । अहिलेको केन्द्र सबैलाई पाएक पर्नै पनि छैन ।

” बिभाद गर्ने पक्षले केसी एक्लैले अन्य जनप्रतिनिधिको सहमति दस्तखत पनि आफै गरेको आरोप लगाएका छन । हाल प्रदेश सरकार संग गएको आवश्यक परेमा सर्बोचमा समेत जाने अध्यक्ष नेपालिले बताए ।
बिभादित पक्षले वडा अध्यक्ष चन्द्र बहादुर शाहीको सहमति पत्रमा किर्ते दस्तखत गरेको आरोप लगाउने गरेयो भने वडा अध्यक्ष शाही आफैले दस्तखत गरेको भन्दै मुख्य मन्त्रीको कार्यालयमा बिज्ञेप्ती जारिगरेका छन । “सहमति पत्रमा म आफैले दस्तखत गरेको हु ”उनले भने “गाउँपालिकाको केन्द्र राख्ने माइनडमा गरिएको दस्तखत किर्ते हैन बिवादित पक्षले ब्यार्थको आक्षेप लगाएका हुन ।


ताजा समाचार