Loading... आजः आइतवार, अशोज ३, २०७८

अवैध पेस्तोल सहित सुनार पक्राउ !

जाजरकोट,१३ असार । जिल्ला प्रहरि कार्यालय जाजरकोटले अबैध पेसतोल सहित एक जना लाई पकक्राउ गरेको छ । बुधवार भेरी नगरपालिका ३ स्यालाबाट तिलक सुनार लाई पक्राउ गरेको हो ।
उनलाई अवैध रुपमा राखेको पेस्तोल थान १, ऐ. को म्याग्जिन थान -१ र ऐ.मा लाग्ने गोली थान ४ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रबिन्द्र बहादुर सिंहले जानकारि दिए ।

“स्थानियले सुचना दिए अनुसार हामिले सुनारको घरमा खानतलासि गरेका हौ ”उनले भने “ हातहतियार राखेको छ भन्ने गोप्य सुचनाको आधारमा बुधवार प्रहरी निरीक्षक लोक बहादुर बिष्ट सहितको टोलिले उनलाई पक्राउ गरेका हुन ।” सुनारलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयले हात-हतियार तथा खरखजना मुद्दा दर्ता गरि सात दिन म्यादथप गरेर थप अनुसन्धान भईरहेको सिंहले बताए ।


ताजा समाचार