Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

व्यबसायीक मौरी पालन गर्ने कृषकहरुलाई आधुनिक मौरी घार


जाजरकोट । मौरी पालन व्यावसायलाई प्रवद्र्धन गर्न भेरी नगरापालिकाले कृषकहरुलाई मौरी घार वितरण गरेको छ । नगरपालिकाको कृषि उपशाखा मार्फत मौरीपालन गर्ने कृषकहरुलाई ७५ प्रतिसत अनुदानमा मौरी घार वितरण गरेको हो ।

यस नगरपालिका क्षेत्रमा व्यावसायिकरुपमा मौरी पालन गर्ने कृषकहरुलाई एक सय ५० वटा आधुनिक मौरी घार वितरण गरिएको छ । उनिहरुलाई बुधवार नगर प्रमुख चन्द्रप्रकाश घर्तीले मौरी घार वितरण गरेका हुन् । मौरी पालन गर्नमा सहयोग गरी व्यावसायीकरुपमा प्रबद्धनको लागि यस्ता खालका कार्यक्रमहरु संचालन गरेको कृषी शाखाका प्रमुख मुकेश रामजाली नेपालीले जानकारी दिए ।

भेरी नगरपालिका क्षेत्र भित्रका रिसाङ्ग, मैदे, खलंगा, डिङ्गा लगायतका क्षेत्रलाई मौरी पकेट क्षेत्रको रुपकम घोषणा गरि बिभिन्न आधुनिक सामग्रीहरु वितराण गरिएको छ । मौरी पालनको लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने मह मदानी, टोपी, घुम्ट गेट लगायतको सामग्री कृषककहरुलाई प्रदान गरिएको छ । नगरपालिका भित्र ५ सय भन्दा बढि कृषकहरुले मौरी पालन गरेका छन् ।

उनिहरुले बार्षिक चार हजार किलो भन्दा बढिको मह उत्पादन गर्ने प्राविधिक सहायक यज्ञ बहादुर अधिकारीले जानकारी दिए । नगरपालिकाले वितरण गरेको आधुनिक सामग्रीहरुले मौरी पालन गर्ने कृषकहरुलाई थप हौसला प्रदान गरेको वडा नम्बर ४ काक कृषक कैलाश केसीेले बताए ।

व्यावसायीकरुपमा मौरी पालन गर्ने कृषकहरुलाई थप प्रोत्साहन गर्न नगरपालिकाबाट मौरी सम्बन्धि शिषेश कार्यक्रमको व्यवस्था हुनु पर्ने वडा नम्बर २ का कृषक दल बहादुर पुनले बताए । यस कार्यक्रबाट व्यावसायीक रुपमा मौरी पालन गरेका कृषकहरुले सहुलियत लिई थप फाइदा लिन नगरप्रमुख र्घीले आग्रह गरे ।


ताजा समाचार