Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

भेल पहिरोले ९ रोपनी खेत बगायो

जाजरकोट । गयरातीको बर्षात संगै खसेको पहिरोले कुशे गाउँपालिकामा एक खेत बगाएको छ । बर्षात संगै माथिवाट खसेको पहिरोले वडा नम्बर ९ का कृति वहादुर रोकायको खेत बगाएको हो ।

रोकायको वडा नम्बर ८ स्थित ददुवाडा वस्ती नजिकैको ९ रोपनि भन्दा बढि खेत बगाएको हो । मंगलवार धान रोपेर फर्किए पछि परेको बर्षातले बिजुलीडाँडाबाट भल पहिरो खसेर खेतमा पुर्णरुपमा क्षति पुर्याएको छ ।

खेतको माथिबाट लिइएको छिन्चु जाजरकोट पाँचकाटीया व्याउलीढुगां हुदै जुम्ला जाने रोडबाट पनि भलपहिरो खसेको जग्गाधनि दिपेन्द्र रोकायले जानकारी दिए । रोपाई सकिएको खेत भल पहिरोले पुर्णरुपमा क्षती पुर्यउदा ठुलो नोक्सानी भएको उनले बताए ।


ताजा समाचार