Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

फौजदारी कसुर ऐन २०७४ सम्बन्धि तिन दिने अनुशिक्षण तालिम सञ्चालन


जाजरकोट,१३ असार । जिल्ला प्रहरी कार्यालय जाजरकोटले फौजदारी कसुर ऐन २०७४ सम्बन्धि तिन दिने अनुशिक्षण तालिम सञ्चालन गरेको छ । प्रहरी कर्मचारीहरुका लागि मुलुकी अपराध फौजदारी कार्यबिधि र फौजदारी कसुर ऐन २०७४ सम्बन्धि ३ दिनको अनुशिक्षण तालिम संचालन गरेको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको बिशेष पहलमा तालिमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जानकारि दिएको छ । दोस्रो चरण अन्तरगत निर्धारण तथा कार्यान्वयन अनुशिक्षण प्रशिक्षणमा जाजरकोट जिल्ला भरी कार्यरत रहेका प्र।ना।नि। (१ जना, प्र।स।नि। (२ जना, प्र।ह। (७ जना र प्र।ज। (२० जना गरी जम्मा – ३० जना प्रहरी कर्मचारीहरुलाई सहभागी गराई अपराध संहिताको स्वरुप अपराध संहितामा समावेश कसुरहरु, अपराध संहिता र विशेषताहरु सम्बन्धि अनुशिक्षण दिईने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नयाव उपरिक्षक रबिन्द्र बहादुर सिंहले जानकारि दिए ।


ताजा समाचार