Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

तोकिएको भन्दा बढी भाडा फिर्ता ९ सवारी साधन कारवाहीमा

 जाजरकोट,१२ असार । जाजरकोटमा तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनबाट प्रहरीले यात्रुलाई भाडा फिर्ता गराएको छ । जिल्ला प्रहरी कार्यालय र अस्थायी जिल्ला ट्राफिक प्रहरी जाजरकोटले गरेको संयुक्त अनुगमणको क्रममा बढी भाडा लिएको पाईएपछि बढी भाडा फिर्ता गरिएको हो ।

जाजरकोट देखि नेपालगञ्ज सम्म प्रति यात्रु पाँच सय रुपैया भाडा तोकिएको छ । साना जीपहरुले प्रति यात्रु ६ सय रुपैया लिदै आएका थिए । नागरिकको गुनासोको आधारमा छड्के चेक जाँच गर्दा बढी भाडा तिरेका १८ यात्रुलाई एक सय रुपैयाका दरले बढी भाडा फिर्ता गरिएको जिल्ला प्रहरी प्रमुख डिएस्पी रविन्द्र बहादुर सिंहले बताए ।

बढी भाडा लिएको, छतमा यात्रु राखेर र सवारी दर्ता कितावमा नविकरण नगरेका चार ओटा जीपलाई एक हजार पाँच सयका दरले जरिवाना समेत गरिएको डिएस्पी सिंहले बताए । प्रहरीका अनुसार ग १ ज ६१७४ नम्बरको जीप, भे १ ज ७८१ नम्बरको जीप , भे १ ज ७५२ नम्बरकोे जीप र ग १ ज ५३४७ नम्बरको जीप कारवाहीमा परेका छन् । त्यस्तै सवारी ऐन विपरीत चलाउने ५ वटा मोटरसाईकललाई पनि पाँच सयका दरले जरिवाना गरिएको छ ।


ताजा समाचार