Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

स्थानिय सरकारका प्राथमिकता गर्भवतिलाई नुन–तेल देखि विद्यार्थीलाई एमविविएस अध्ययनका लागी छात्रबृत्ति सम्म 

जाजरकोट जिल्लाको जुनिचाँदे गाँउपालिकाले पनि सडक यातायातलाई मुख्य प्राथमिकतामा राख्दै ‘मानब सभ्यताको सम्मान छुवाछुत र सामाजिक कुरिति विरुद्धको अभियान’ भन्ने ध्ययका साथ जुनीचाँदे गाँउपालिका भित्र सामाजिक कुरीति विरुद्धका कार्यक्रमहरु संचालन गर्ने उल्लेख गरिएको छ ।

त्यसका लागी सामाजिक कुरितीको रुपमा रहेको छाउपडी , बोक्सी, छुवाछुत, बालविवाह र सडक बालबालिका मुक्त गाँउपालिका निर्माणका विशेष कार्यक्रम संचालन गर्ने गरि बजेटमा उल्लेख गरिएको छ । त्यस्तै एक विद्यालय एक फुलवारी एक खेलमैदान, एक पुस्तकालय, एक बुक कर्नर, बालमैत्री शौचालय र धारा, किशोरी आराम कक्ष र स्यानिटरी प्याडको ब्यवस्था गर्ने गाँउपालिका अध्यक्ष कृष्ण बहादुर केसीले बताएका छन् ।

कुशे गाँउपालिकाको तेस्रो गाँउसभाले प्रत्येक बर्ष एक जनालाई एमविविएस अध्ययन गराउन प्रथम अध्यक्ष छात्रबृत्ति कोषको ब्यवस्था गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सँगको सहकार्यमा गाँउपालिका भित्रका उत्कृष्ट एक जना विद्यार्थीलाई प्रत्येक बर्ष छात्रबृत्तिमा डाक्टर पढाउने ब्यवस्था मिलाएको छ । प्रत्येक बर्ष सम्बन्धित विद्यार्थी, गाँउपालिका र प्रतिष्ठानले पाँच पाँच लाख रुपैया ब्यहोर्ने गरि निति बनाईएको छ । एउटा डाक्टर उत्पादन गर्न गाँउपालिकाले २० लाख रुपैया खर्च गर्ने कुशे गाँउपालिकाको बजेटमा ब्यवस्था गरिएको छ ।

त्यस्तै ७० बर्ष माथिका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवतिलाई चार पटक सम्म एक पोका तेल र दुई पोका नुन दिने, स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन भत्ता र पोशाक भत्ता गरि बार्षिक १५ हजार रुपैया दिने ब्यवस्था मिलाईएको गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । ३२ करोड ९९ लाख २७ हजारको बजेटमा आन्तरिक राजश्व ५० लाख रुपैया संकलन गर्ने लक्ष्य लिईएको छ ।

गाँउपालिकाले पुर्वाधार विकास अन्र्तगत सडक यातायातलाई पहिलो प्राथमिकतामा राखेको छ । आगामी आर्थिक बर्ष भित्र सवै वडामा सडक यातायात पुर्याउने लक्ष्य लिएको छ । एक बर्षको अनुभव, जनचाहना र चुनाव ताका गरिएका बाचाका आधारमा बजेट विनियोजन गरिएको अध्यक्ष बस्नेतको भनाई छ ।

बारेकोट गाँउपालिकाले एक घर एक करेशावारी, एक घर दुई फलफुल विरुवा, लोपोन्मुख रेडपाण्डा, गिद्ध लगायतका जनावर र पक्षी संरक्षणका लागी विशेष कार्यक्रम, आकस्मिक स्वास्थ्य कोषको स्थापना, पुर्ण खोपयुक्त वडा घोषणा, प्रत्येक वडामा स्वच्छ खानेपानीको ब्यवस्था, पर्यटन विकास गुरुयोजना निर्माण र पर्यटकिय स्थलहरुको प्रचार प्रसारका साथै ति क्षेत्रको संरक्षण तथा संबद्धन गर्ने , ७० बर्ष माथिका जेष्ठ नागरिकलाई निशुल्क उपचारको ब्यवस्था लगायतका क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले बताए । सडक यातायातको पहुँच नपुगेको बारेकोट गाँउपालिकामा आगामी आर्थिक बर्षमै सडक पुरयाउने बजेटको प्राथमिकतामा छ ।

२७ करोड ३० लाख ८६ हजार रुपैयाको कुल बजेटमा १५ लाख रुपैया मात्र आन्तरिक राजश्व संकलन हुने लक्ष्य राखिएको छ । गाँउपालिकाको आन्तरिक राजश्व संकलन निकै न्युन मात्रामा हुने र संघिय तथा प्रदेश सरकारबाट प्राप्त सिमित बजेटले पुर्वाधार विकास देखि सामाजिक सुधारका कार्यमा बजेट विनियोजन गरेर सवै नागरिकको चित्त बुझाउने तथा समृद्ध गाँउपालिका बनाउने कुरा निकै चुनौतिपुर्ण रहेको अध्यक्ष शाहको भनाई छ ।

 

भेरी नगरले पनि सडक यातायातलाई नै मुख्य प्राथमिकतामा राखेको छ । आगामी आर्थिक बर्षमा सडक गुरुयोजना निर्माण गर्ने लक्ष्य लिएको नगरले नयाँ सडक नखन्ने भएको छ । जथाभावी खनिएका सडकलाई ब्यवस्थित र स्तरोन्नती गर्ने नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताए ।

प्रथम मेयर निशुल्क स्वास्थ्य घुम्ति शिविर संचालन गर्ने, बालविवाह न्युनिकरण, घरेलु हिसा अन्त्य, आयआर्जनमुलक कार्यक्रमका साथै पर्यटन विकास र प्रवृद्र्धन लगायतका कार्यक्रममा समेत आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख भावना भण्डारीले प्रस्तुत गरेको निति तथा बजेटमा उल्लेख गरिएको छ ।

गाँउ तथा नगरको समृद्धिका लागी जनचाहना अनुसार बजेट ल्याईएको स्थानिय तहका जनप्रतिनिधीले दावी गर्ने गरेका छन् । कुनै पनि गाँउ तथा नगरले अहिले सम्म सडक गुरुयोजना बनाएरै अन्धाधुन्ध रुपमा सडकमा बजेट छुट्याएर सडक खन्ने होड चलेको छ ।

धेरैजसो जनप्रतिनिधीका आफ्नै, आफन्त र कार्यकर्ताका डोजर तथा स्काईभेटर छन् । जनप्रतिनिधी सडक पुरयाउने नाममा कमाउ धन्दामा समेत लागेको उनको आरोप छ ।

उता छेडाछेडागाड नगरपालिकाले पनि एम्बुलेन्स सेवा सञ्चालन गर्ने पहिलो याेजनामा राखेको छ।


ताजा समाचार