Loading... आजः बुधबार, कार्तिक ५, २०७७

छेडागाड नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने

रेेशम बहादुर खड्का
जाजरकोट, ११ असार ।
छेडागाड नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँन एम्बुलेन्स सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । आइतबारदेखि दशेरामा सुरु भएको तेस्रो नगर सभामा आ.व. २०७५÷०७६ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख लालबहादुर महतराले उक्त जानकारी दिएका थिए ।

बालुवा—जुनी मोटरबाटो, मध्यपहाडी मोटरबाटो र वडावडामा मोटर बाटोको सुविधा पुगेपनि विरामी हुँदा नगरबासीले यातायातको साधन नपाउने समस्या भोग्दै आएको प्रमुख महतराले बताए । स्वास्थ्य सेवातर्फ ४ पटक अनिवार्य स्वास्थ्य संस्थामा स्वास्थ्य चेकजाँच गर्ने आमालाई नगरपालिकाको तर्फबाट थप दुई सय भत्ता समेत उपलब्ध गराउइने जानकारी दिए ।

नगरपालिकाको चक्रपथ निर्माण, सुविधा सम्पन्न बसपार्क निर्माण, नगर प्रहरी सेवा सञ्चालन सम्बन्धी आवश्यक कानून निर्माण गरी नगर प्रहरी गठन तथा सञ्चालन, अनाथ तथा संरक्षकविहिन बालबालिकाको शिक्षा, स्वास्थ्यको क्षेत्रमा सहयोग पु¥याउन नगरमा बाल अक्षयकोषको स्थापना, ३ बर्षभित्र नगरपालिकालाई बालमैत्री स्थानीय शासन लागु भएको नगरपालिका घोषणा गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

नगर सभामा उपप्रमुख सरिता वलीले नगरपालिकाको विनियोजन विधेयक २०७५ का सिद्धान्त तथा प्राथमिकता, विनियोजन ऐन २०७५ प्रस्तुत गरेकि थिइन । नगरपालिकाको आ.व. २०७५÷०७६ मा चालु खर्च, पुँजीगत खर्च र वित्तिय व्यवस्थापनमा गरी कुल ४२ करोड ६५ लाख ६८ हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।


ताजा समाचार