Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

जुनिचाँदे गाउँपालिकाकाे नीति तथा कार्यक्रम सार्वजनिक

जाजरकोट,१० असार । जाजरकोटको जुनिचाँदे गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ को निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्य बसनेत आर्थिक बर्ष २०७५÷२०७६ को निति तथा कार्यक्रम प्रस्तुत गरिकि हुन ।। आर्थिक बर्ष २०७५÷०७६ को निति तथा बजेट प्रस्तुत गरिएको छ । गाउँपालिकाले हाल ३० करोड बजेट प्रस्तुत गरेको छ । आईतवार जुनिचाँदे गाउँपालिकाको तेस्रो गाउँसभाको आयोजना गरि निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कार्यक्रममा शिक्षा स्वास्थ्य कृषि सडकमा बिशेष प्रथामिकताम राखि नितितथा कार्यक्रम सार्वजनिक गरिएको जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्य बस्नेतले बताइन ।साथै गाउँपालिकाम उतकृस्ट काम गर्ने १० जना लाई सम्मान गरेको छ । निति तथा कार्यक्रम पूर्णता ।

आदरणीय सभा अध्यक्ष ज्यू,
गाउँपालिका स्थित राजनैतिक दलका प्रमुख एवम प्रतिनिधी ज्यूहरु ,
गाउँसभाका सदस्य ज्यूहरु,
गाउँपालिका स्थित सुरक्षा निकायका प्रमुख ज्यू ,
बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एवं प्रतिनिधी ज्यूहरु
गाउँपालिका बिभिन्न समिति एवं उपसमितिका पदाधिकारी ज्यूहरु ,
समाजसेवी ,बुद्धि जीवी,शिक्षक पत्रकार, उद्योगि, व्यापारी, जेष्ठ नागरिक ,नागरिक समाज,यूवा , दलित तथा अल्प संख्यक,एकलमहिला, शहिद परिवार र कर्मचारी लगाएत उपस्थीत आदरणीय सम्पूर्ण गाउँपालिका बासी दाजुभाई तथा दिदि बहीनिहरु,

म स्थानीय सरकारको उपाध्यक्षको हैसियतले यस सम्मानित गाउँ सभामा यस आर्थिक वर्ष ०७५।०७६ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त गौेरवान्वित र खुसी भएको छु । यस जाजरकोट जिल्लाको पश्चिम उत्तरमा अवस्थित जुनीचाँदे गाउँपालिकाको समग्र विकास निर्माणसंग सन्निकट सम्बन्ध राख्ने आजको यस ऐतिहासिक तेस्रो गाउँ सभाको गरिमामय घडीमा, उद्योग, जलश्रोत, पर्यटन र कृषिको विकासका सम्भावना बोकेको प्राकृतिक सुन्दरताले भरिपूर्ण, पौरखी र न्याय प्रेमि जनताहरु वसोवास रहेको यस जुनीचाँदे गाउँपालिकाको समग्र विकासको लागि आगामी आ.व. ०७५÷०७६ को नीति, कार्यक्रम तथा अनुमानित बजेटले सबै जनसमुदायलाई समेट्ने अपेक्षा गरेको छु ।

यस ऐतिहासिक शुभ अवसरमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न तथा जनताको मौलिक हक र अधिकार प्राप्तिको लागि भएको विभिन्न आन्दोलन र जनक्रान्तिमा आफ्नो जीवन बलिदान गर्नुहुने महान सहिदहरु तथा यस स्थानीय सरकार स्थापनार्थ भएको संघर्षमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने ज्ञात अज्ञात विर सहिदहरु प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु । साथै सम्पूर्ण घाइते, अपाङ्ग तथा बेपत्ता नागरिकहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछु । यस गाउँपालिकाको परिकल्पना, विकास र उत्थानमा विगत र वर्तमानमा भूमिका खेल्नु भएका सम्पूर्ण क्षेत्रका महानुभावहरुको योगदानको उच्च कदर एवं प्रशंसा गर्न चाहन्छु ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को मिति २०७३।११।२२ को निर्णयानुसार साविकका मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोट गा.वि.स.हरु समाहित गरेर जुनीचाँदे गाउँपालि गठन भएको हो । पूर्वमा कुशे गाउँपालिका पश्चिम दैलेख जिल्ला उत्तरमा कालिकोट र जुम्ला जिल्ला, दक्षिणमा छेडागाड नगरपालिकाको बीचमा अवस्थीत प्राकृतिक सम्पदाहरुले भरिपूर्ण यस जुनीचाँदे गाउँपालिकाको कुल जनसंख्या द्दज्ञठघघ । (एकाईस हजार सात सय तेतिस ) रहेको छ । ११ वडामा बिभाजित रहेको गाउँपालिकाको कूल क्षेत्रफल ३४६.२१ वर्ग कि.मि.,रहेको छ । कृषि उद्योग, जलश्रोतको र खानीको प्रचुर सम्भावना बोकेको यस गाउँपालिकाको गरिमामय सभामा नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न पाउदा आफुलाई गौरबशालि ठानेको छु ।
स्थानीय सरकारको रुपमा गाउँपालिकाले गाउँवासीहरुको यावत चाहाना र आवश्यकतालाई महशुस गरि क्रियाशिल हुनुपर्ने आजको परिप्रेक्षमा पक्कै पनि लामो अन्तराल पछि जन निर्वाचित प्रतिनिधी बहाल भएको एक वर्ष पुरा भएको अवस्थामा आम सरोकारका विषयहरुलाई सम्बोधन गर्ने प्रक्रियामा थुपै्र समस्या र चुनौतिहरु रहेका छन् ।

आदरणीय सभा अध्यक्ष ज्यू
गाउँ गाउँमा सिंह दरवार घर घरमा स्थानिय सरकार भन्ने उद्धघोसका साथ स्थानिय सरकासरको श्रमसिल जनशक्ति लाई पुजिमा बदल्दै न्याय र सामामाजिक रुपान्तरण सहित समृद्ध जुनिचाँदे निर्माण हाम्रो लक्ष्य भएता पनि जुनिचाँदे ठूलो भौगोलिक क्षेत्रफल, भौगोलिक विकटता,
जनताको स्थानीय सरकार प्रतिको बढ्दो आकांक्षा, उपलब्ध सिमित स्रोत र साधनको बाबजुद कार्यपालिकाका सदस्यहरु, गाउँसभाका सदस्यहरु, श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिको मार्गदर्शन र बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकमा घनीभुत छलफल गरी उपलब्ध स्रोत र साधनको सबै क्षेत्र र वर्गलाई समेट्ने गरी बजेट विनियोजन गर्ने प्रयास गरेको छु । भोगोलिक हिसाबले यो गाउँपालिका जाजरकोट जिल्लाकोे दुर्गम गाउँपालिका रहेको र यसको सबै क्षेत्र ग्रामिण प्रकृतिको रहेकोले सिमित साधन, स्रोत र असिमित जनआकांक्षा र आवश्यकता बीच तालमेल मिलाई अधिकतम विकासको प्रतिफल विभिन्न क्षेत्र र वर्गका जनता बीच पुर्याउने कोशिस गरिएको छ । यस क्रममा लागत सहभागीता प्राप्त हुने पिछडिएका जाती, जनजाती, दलित, उत्पीडित महिला, बालबालिका, आदीबासी, आदिका क्षेत्रमा आ.व ०७५÷०७६ को बजेट विनियोजन गर्ने प्रयास गरेको छु । यस्तो अवस्थामा पनि स्थानीय तहको माध्यमबाट यथासक्य प्रशासनिक तथा विकास निर्माणका कार्यहरु अगाडी बढाउनु पर्ने अवस्था छ । यस सन्दर्भमा प्रशासनिक काम कारवाहीलाई छिटो छरितो बनाउने प्रयास जारी रहेको छ । गाउँपालिका तथा वडा कार्यालयको लागि आवश्यक कर्मचारीहरु खटाउने काम जारी रहेको छ ।

हामीले जुनीचाँदे गाउँपालिकाको समृद्धी र जुनीचाँदे बासीको सर्वोत्तम हितको लागि सहमति र सहकार्यको गन्तव्यमा एकाकार हुने संस्कृतिको अभ्यास गरिरहेका छौं । विगतका एक वर्षको राम्रो र नराम्रो अनुभवबाट मार्ग निर्देशित हुदैे भोग, रोग, गरिवि र भौगोलिक विकटताबाट ग्रसित भई चिनिने यस जुनीचाँदे गाउँपालिकालाई समृद्ध मार्गचित्रको रुपमा स्वाभीमानी जुनीचाँदे बासी सामु यो बजेट प्रस्तुत गरिरहदा आजको गरिब गाउँपालिकाकालाई भोलीको समृद्ध गाउँपालिकामा रुपान्तरण गर्ने संकल्प बोध भइरहेको छ ।

विकास र समृद्धिको अतुलनीय सम्भावना बोकेको यस जुनीचाँदे गाउँपालिका विकासको दृष्टिले अन्य गाउँपालिका र नगरपालिकाको दाजोमा पछाडी रहेता पनि ११ वटा वडा रहेको यो गाउँपालिका आर्थिक, सामाजिक , सांस्कृतिक पर्यावरणीय र भौगोलिक विविधताका साथै जल जंगल, जमिन जडीबुटी तथा बहुमुल्य रत्न पत्थर जस्ता संम्भावित उत्पादको क्षमताको दृष्टिले उच्च स्थानमा रहेको छ ।

आर्थिक दृष्टिले सक्रिय जनशक्ति बढी भएतापनि यसको उचित व्यवस्थापन र रोजगारी सिर्जना गर्न नसक्दा उर्जाशिल जनशक्ति भारतका विभिन्न स्थानहरु , खाडीका मुलुक र मलेसियामा जोखिमपूर्ण काममा न्यून स्तको पारिश्रमिक लिई आफ्नो श्रम बेच्न बाध्य छन् । यसरी उर्जाशिल जनशक्तिको पलायनताले एकातिर हाम्रो कृषि तथा खेतीयोग्य उर्वर भुमी उजाड बनेका छने भने अर्कोतर्फ गाउँघर बालबालिका बृद्ध तथा अशक्तहरुको थलो बन्न पुगेको छ । यसबाट एकातिर आवश्यता उत्पादनशिल जनसंख्याको अभाव हुन गएको छ भने अर्कोतिर सामाजिक, सांस्कृतिक र धार्मिक सन्तुलन खल्बलिने र विदेशी मुलुकमा पसिना बगाई आर्जन गरेको ठुलो रकम अनुत्पादन क्षेत्रमा खर्च भईरहेको परिवेशमा यसलाई नियन्त्रण र उर्जाशिल युवा जनशक्तिलाई सिपयुक्त र दक्ष बनाई कृषि, पर्यटन, उधोग तथा उत्पादनका विविध क्षेत्रमा उपयोग गर्न सके रोजगारी र स्वरोजगारीको अवस्था सिर्जना भई आत्मनिर्भर र संवृद्ध गाउँपालिकाको रुपमा चिनाउन सफल हुन सक्ने देखिन्छ ।

जलस्रोत र खनिज, जंगल, रत्न पथ्थर जस्ता बहुमल्य प्राकृतिक, सम्पदाहरु यस गाउँ पालिका भित्र हुनु थप अवसर र सौभाग्य हो । तर गाउँपालिकाको शुरुवातको अभ्यास भएकोले केहि चुनौतिहरु र समस्या रहेका छन् । जस्तो ः– ठूलो भौगोलिक क्षेत्र, भौगोलिक विकटता, राजश्वका दरहरु कार्यान्वयन गर्नुपर्ने, जनशक्तिको अभाव, सेवा प्रवाह, विकास निर्माण गर्नुपर्ने गाउँपालिकाको संस्थागत र भौतिक पूर्वाधार विकास गर्नु पर्ने साथै सरोकारवाला निकायहरुसंग समन्वय र विस्तार
गर्नुपर्ने आदि चुनौतिहरु रहेका छन् । हामी सबै गाउँवासीहरुले समुन्नत र सबृद्ध गाउँपालिकाको परिकल्पनाका साथ आ–आफ्नो क्षमता अनुसार योगदान र सहभागिता कायम राखेमा यस्ता चुनौतिहरु पक्कै पनि समाधान हुनेछन् ।

सभासदस्य ज्यूहरु,

गाउँवासीहरुको आवाज, प्राथमिकता र अधिकारलाई समुचित रुपमा विकास गर्न सकिएमा गाउँपाालिका गाउँवासीहरु प्रति उत्तरदायी ठहर्छ भन्ने कुरालाई मनन् गर्दै “जुनीचाँदे समृद्धी , दिगो विकासको पहिलो आधार“ शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र गरिबी न्यूनीकरण हाम्रो सरोकार” भन्ने मुल परिकल्पनाको साथ म यहाँहरु समक्ष संक्षिप्त रुपमा नीति, कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गर्ने अनुमति माग्दछु ।

१.२चालू आ।व।को नीति तथा कार्यक्रमको समीक्षा
क. आर्थिकक्षेत्र
ख. सामाजिकक्षेत्र
ग. पूर्वाधारक्षेत्र
घ. वातावरणतथाविपदव्यवस्थापन
ङ. संस्थागत विकास, सेवा प्रवाह र सुशासन
च. अन्य

खण्ड २ ( आगामी आ।व।२०७५र०७६ को नीति, बजेट तथा कार्यक्रम
सोंच र लक्ष्य
आगामी २०७८ सम्म जुनीचाँदे गाउँपालिकालाई समृद्ध बनाउने ।

म अब यस गाँउसभामा आर्थिक वर्ष २०७५।०७६ को बजेटका उदेश्य र प्राथमिकताहरु प्रस्तुत गर्न चाहन्छु ।
उदेश्यहरु
क) बजेटको मुलभुत उदेश्य गाँउपालिकाको विकास र समृद्धिको यात्रा सुनिश्चित गरी समाजवाद उन्मुख गन्तव्य तय गर्नु हो । यसका लागी निम्न लिखित उदेश्य अंगिकार गरिएको छ ।
 आर्थिक तथा सामजिक असमानता र विभेद अन्त्य गर्दै आत्मा निर्भर गाउपालिका वनाउने ।
 सहज जीवनयापन र समुन्नत गाउँपालिका निमार्णका लागी आवश्यक भौतिक पूर्वाधारको विकास र विस्तार गर्ने ।
 मानव अधिकारको संरक्षण तथा सामाजिक न्यायको प्रबद्र्धन गदै शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा नागरिकको सहज पहुँच स्थापित गरी दक्ष जनशक्ति उत्पादन गरी प्रभावकारी रुपमा परिचालन गर्ने ।
 वालमैत्रीपूर्ण वातावरणमा वालवालिकाले सिक्ने थलोका रुपमा विद्यालयहरुको विकास र विस्तार गर्ने ।
 प्रत्येक वडाहरुमा कम्तिमा एउटा नमूना विद्यालय वनाउने ।
 कृषिको व्यावसायीकरणलाई प्रोत्साहन गदै आवश्यक अनुदानको व्यवस्था गर्ने ।
 बनजंगलको संरक्षण गरी हरियाली जुनीचाँदेका रुपमा विकास गर्ने ।
 भ्रष्टाचार नियन्त्रण, जनमुखी प्रशाशन र सुशासन यूक्त गाँउपालिका वनाउने ।
 गाउँपालिकाले लगाउने र उठाउने पाइने कर तथा गैर कर, राजश्वका क्षेत्रहरुको पहिचान, संकलन, व्यवस्थापनमा नीजि क्षेत्रहरु सँग सहकार्य गर्दै आन्तरिक र वाह्य श्रोतहरुको पहिचान र उपलब्ध श्रोतहरुको अधिकतम प्रयोग गर्न जोड दिइनेछ ।
 र्भाैतिक पुर्वाधार विकासमा प्राथामिकता दिइने छ ।
 गाउँपालिका वडा कार्यालयको व्यवस्थापन, स्रोत साधन व्यवस्थापन र कर्मचारी पदपूर्तिलाई गर्न आवश्यक पहल गरिनेछ ।

२।२ वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख नीति तथा आधारहरु
 नेपालको संविधान
 स्थानीय सरकार सञ्चालन ऐन, २०७४
 चौर्धौ पञ्चवर्षिय योजना,
 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका परिपत्र,
 संघीय सरकारका नीति तथा कार्यक्रर र बजेट वक्तव्य,
 प्रदेश सरकारका नीति तथा कार्यक्रम र वजेट वक्तव्य,
 जि.स.स बाट प्राप्त मार्गनिर्देशन,
 वस्ती तथा टोलस्तरीय भेला, वडा समिति हुदै सहभागितामुलक योजना तर्जुमा प्रक्रिया द्धारा आएका आयोजना तथा कार्यक्रमहरु ।
 जुनीचाँदे गाउँपालिकाको क्षेत्रमा विद्यमान विकास सम्बन्धी अवसर तथा चुनौती र वस्तु स्थितिको अवस्थाको विश्लेषण ।
क्षेत्रगत नीति तथा आधारहरु
१ आर्थिक विकासको क्षेत्र
(क) कृषि तथा पशुपालन
 स्थानीय कृषि व्यवसाय प्रवद्र्धन ऐन र नियमालीको निमार्ण गरि कार्यान्वयन गरिने छ ।
 “अर्गानिक खेतीमा वृद्धि, जुनीचाँदेको संवृद्धि” भन्ने नारालाई साकार तुल्याउन रैथाने प्रजातिका कृषि बाली तथा पशुपन्छीको संरक्षण र प्रवर्धन गदै अर्गानिक उत्पादन र उत्पादकत्व वृद्धिको लागि जुनीचाँदे अर्गानिक कृषि विषेश कार्यक्रमलाई प्राथामिकता दिईने छ ।
 स्वच्छ एवं गुणस्तरीय पशुपन्छी जन्य उत्पादनका माध्यमबाट जुनीचाँदे गाउँपालिकालाई खाद्य तथा पोषणमा आत्मनिर्भर बनाउन उन्नत नश्ल, पशु स्वास्थ्य, पशु आहारा तथा उत्पादित पशुजन्य पदार्थ तथा बस्तुको बजारीकरणका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
 पशुपन्छी उत्पादक कृषक, समुदाय, सहकारी संस्था एवं नीजि उद्यमीहरूको प्रतिस्पर्धी क्षमता वृद्धिगर्दै पशुपन्छीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न एकीकृत रूपमा प्राविधिक, वित्तीय तथा अन्य सेवा उपलब्ध गराउनका लागि आबश्यक बजेटको व्यबस्था गरेको छु ।
 एक घर एक करेसाबारी कार्यक्रमलाई प्रभावकारी बनाउन जुनीचाँदे गाउँपालिकाको प्रत्येक वडाका घरहरुमा कार्यक्रम सञ्चालन गरी अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिनेछ ।
 गाउँपालिका क्षेत्र भित्र पशुपालन, कृषिमा आधुनिकरण गरी कृषि उत्पादनबढाउने कार्यमा जोड दिइनेछ ।
 माटो परिक्षण कार्यक्रमलाई पुनः निरन्तरता दिईनेछ ।
 कृषि उत्पानलाई बढवा दिन हावापानी सुहाउदो आवश्यक मल, बीऊ विजन खरिद गरी वितरण गर्ने आवश्यक व्यस्वस्था मिलाएको छु ।
 एक गाउँ एक नमुना पकेट क्षेत्रका रुपमा (जस्तैः स्याऊ, सुन्तला, ओखर, टिमुर, अलैची, किवी,वाख्रापालन,भेडापालन,भैसीपालन,कुखुरापालन) पकेट क्षेत्र घोषणा गरि श्रोतकेन्द्रको रुपमा बिकास गरिने छ ।
 खाद्यान्नमा आत्मनिर्भर बनाउन खाद्यान्न बालीलाई विशेष प्राथामिकता दिई भटमास खेतिलाई जोनका रुपमा विकास गर्न आवश्यक पहल गरिनेछ ।
 पशुपन्छीपालन क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि निजि साझेदारिमा आधारित भेडा तथा बाख्रापालनगर्ने कार्यलाई प्राथामिकता दिईने छ ।
 उत्कृट पशुपन्छी पालन गर्ने कृषकलाई उत्कृष्ट उपाध्यक्ष पुरस्कारको ब्यबस्थापन गरेको छु ।
 प्रदेश सरकार संगको सहकार्यमा एक वडा एक कृषि तथा पशु सेवा प्राविधिक नीति लागु गरिने छ ।
 गाउँपालिकामा रहेका वेरोजगार युवाहरुलाई व्यावसायीक कृषि तथा पशुपालन पेसामा आर्कषित गर्नका लागि विशेष अनुदानको व्यवस्था गरिने छ ।
(ख) उर्जा
 यस गाउँपालिका भित्र साना जल विद्युत आयोजनाहरुको सम्भाव्य अध्ययन अध्ययन गरी उत्पादन कार्यलाई छिटोभन्दा छिटो अगाडि बढाईने छ ।
 सौर्य उर्जा, वायो ग्यास आदि वैकल्पिक उर्जाका कार्यक्रमहरुलाई प्राथामिकता दिइनेछ ।
 मजकोट खोला जलबिद्युत आयोजना निमार्णको गतिलाई तिब्र बनाई उज्यालो गाउँपालिका निमार्णको अभियान संचालन गरिने छ ।
(ग) सहकारी
 गाउँपालिका सहकारी ऐन र नियमालीको निमार्ण गरि कार्यान्वयन गरिने छ ।
 “गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी” को नारालाई सार्थक तुल्याउन प्रत्येक वडामा एक सहकारीको अवधारणा ल्याइनेछ ।
 सहकारीहरुको साझेदारीमा स्थानीय तहममा आवश्यक कृषि वन वातवरण र भौतिक पुर्वाधारका निर्माण गर्न समेत आवश्यक पहल गरिनेछ ।
 दलित, महिला, दन्द्धपिडित विपन्न तथा सीमान्तकृत समुदायको आन्मनिर्भरताको लागि लक्षित वर्ग विशेष कार्यक्रम ल्याइनेछ ।
(घ) पर्यटन
 “जुनीचाँदे समृद्धिको आधार, पर्यटनको विकास र भौतिक पूर्वाधार” निर्माण भन्ने नाराका साथ हाम्रो जुनीचाँदे गाउँपालिकामा रहेका मुख्य पर्यटकिय स्थल, जुनी बस्ती, चाँदे हिमाल, भैरी चाल्ले नागढुगां देउराली पाथीभरा भ्युटावर, नदाईडाब लगायतका पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन गरी संघीय सरकार र प्रदेश सरकारसँग सहकार्य गरी पर्यटन प्रवद्र्धृन गरिनेछ ।
(ङ) उधोग तथा वाणिज्य
 उद्यमशिलताको विकास गर्न आयमुलक रोजगारीका कार्यक्रम सञ्चालन गरी महिला , दलित, जनजाति आदिवासी, पछाडी परेका जनसमुदायलाई लघुउद्यममा सहभागीता गराइनेछ । साथै खनिज उधोग स्थापनाको लागि पहल एवं प्रोत्साहित गरिनेछ ।
 परम्परागत सिप र पेसालाई आधुनिकिकरण गर्नको लागि बिभिन्न सिपमुलक लालिमहरुको आयोजना गरिने ब्यबसथा मिलाएको छु ।
 गाउँपालिकामा रहेका लघु उद्यमीहरुलाई थप स्तर उन्नती गर्नको लागि आवश्यकतामा आधारित प्रबिधि हस्तान्तरणका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
३। सामाजिक बिकास क्षेत्र
(क) शिक्षा
 “बालबालिकाहरुलाई विद्यालय ल्याऔ, टिकाऔं र सिकाऔं” भन्ने मुल ध्येयका साथ प्रत्येक वडाहरुसँग आवश्यक समन्वय र सहकार्य गरिनेछ ।
 जुनीचाँदे गाउँपालिका भित्र सञ्चालनमा रहेका विद्यालयहरुलाई दुरीका आधारमा एकआपसमा गाभ्ने र आवश्यकता भएका विद्यालयमा दरबन्दी सिर्जना गर्ने व्यवस्था मिलाएको छु ।
 ३ देखि ४ वर्ष उमेरका बालबालिकाहरुका सर्वागिण विकासका लागि आधा घण्टाको दुरीमा बालविकास केन्द्र स्थापना गरी बालमैत्री कक्षा कोठा भित्र सिकाई वातावरणको सिर्जना गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
 प्रत्येक वडामा एउटा नमूना विद्यालय बनाउनको लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
 जुनीचाँदे गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिका बनाउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
 गाउँपालिका भित्र सञ्चालनमा रहेका सिकाई केन्द्रहरुलाई साधन सम्पन्न बनाई सूचना केन्द्रको रुपमा बिकास गर्न आवश्यक बजेटको ब्यबस्थापन मिलाएको छु ।
 बिद्यालयको भौतिक पूर्वाधार बिकासका लागि आवश्यक रकमको ब्यबस्थापन गरेको छु उक्त रकमको बिनियोजन गर्दा बिद्यालय सुधार योजनका आधारमा उपलब्ध गराउने नीति लिईने छ ।
 गाउँपालिका भित्र सञ्चालनमा रहेका बिद्यालयहरु मध्ये सबैभन्दा बढि सिकाई उपलब्धी हासिल गराउने बिद्यालयलाई पुरस्कृत गर्ने र सोको लागि आवश्यक रकमको ब्यबस्थापन गरेको छु ।
 तोकिएको न्यूनतम सिकाई उपलब्धी हासिल गराउन नसक्ने बिद्यालयहरुलाई गाउँपालिका बाट दिइने अनुदानमा कटौति गर्ने नीति लिएको छु ।
 पूर्ण सरसफाई कार्यक्रम बिद्यालय क्षेत्र भित्र अनिवार्य गराउन गाउँपालिका भित्र सञ्चालनमा रहेका संघ संस्थाहरु संग समन्वय गरि प्रत्येक बिद्यालयहरुलाई आवश्यक रकम उपलब्ध गराउने ब्यबसथा मिलाएको छु ।
 बिद्यालय बाहिर रहेका १ सय ३९ जना बालबालिकाहरुलाई विद्यालय भित्र ल्याउन पोसाक र स्टेशनरीको व्यबस्था गरेको छु ।
 बिद्यालय दिवा खाजालाई पूर्व प्राथामिक कक्षा देखि नै सफा र स्वस्थ रुपमा खुवाउने ब्यबस्था मिलाईने छ ।
 गाउँपालिका भित्र सञ्चालनमा रहेका मा.वि.हरु मध्येबाट आवश्यक पूर्वाधार तयार भएका बिद्यालयलाई प्राबिधिक शिक्षालयका रुपमा बिकास गरिने छ ।
 गाउँपालिका भित्र सञ्चालनमा रहेका मा.वि र आ.वि हरुलाई क्ष्ऋत् को माध्यमबाट शिक्षण सिकाई कृयाकलाप सञ्चालनको लागि आवश्यक बजेट ब्यबस्था गरेको छु ।
 प्रत्येक बिद्यालयमा एक फुलवारि एक खेल मैदान अनिवार्य रुपमा बनाउने ब्यबस्था गरिने छ ।
 बालमौत्री शौचालय र बालमौत्री खानेपानिको ब्यबसथा गरिने छ ।

 प्रत्येक मा.वि.हरुमा किशोरीहरुका लागि आराम गर्न सुरक्षित कोठा र स्यानीटरी प्याडको लागि आवश्यक बजेटको ब्यबस्था गरेको छु ।
 एक बिद्यालय एक पुस्ताकालय को अवधारण लाई जोड दिइने छ । प्रत्येक कक्षा कोठामा किताबि कुना (द्यइइप् ऋइच्ल्भ्च्) को ब्यबस्था मिलाइने छ ।
 सिकाईमा उत्कृष्टता हासिल गर्ने वालवालीकाहरुका लागि प्रोत्साहन प्रदान गर्न छात्रबृती को व्यवस्था गरिने छ ।

(ख) स्वास्थ्य
 स्वच्छ नागरिक सफा सुगर गाउँपालिका भन्ने मुल ध्ययका साथ जनताको जीवनसँग जोडिएको आधारभुत स्वास्थ्य सेवालाई भरपर्दो जनमुखी र प्रभावकारी बनाइनेछ ।
 गाउँपालिकाको सबै वडामा स्वास्थ्य केन्द्र, स्वास्थ्य इकाई स्थापना गरी संचालन तथा विस्तार गरिनेछ ।
 गर्खाकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर उन्नती गरि १५ शैयाबाट २५ शैया बनाउन आवश्यक पहल गरिने छ ।
 जुनीचाँदे गाउँपालिकको ७, ८ र १० को वीचमा १५ शैयाको अस्पताल स्थापनाका लागि आवश्यक पहल गरिने छ ।
 स्वास्थ्य क्षेत्रमा कार्यरत महिला स्वयम सेविकाहरुको योगदान र भूमिकाको उच्च कदर गदै प्रोत्साहन स्वरुप वार्षिक ५००० (पाँच हजारका दरले) आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।
 जुनीचाँदे गाउँपालिका पूर्ण खोप मुक्त घोषण भइसकेको सन्दर्भमा यसलाई थप निरन्तरता दिइनेछ ।
 आधारभुत स्वास्थ्यमा सबैको सहज पहुँच र सुरक्षित मातृत्व शिशु प्रजनन् स्वास्थ्यको लागि विशेष पहल गरिने छ ।
 सुनौलो हजार दिनका आमाहरुलाई आयोडिन युक्त नुन वितरणको लागि प्रत्येक स्वास्थ्य चौकीहरुमा आवश्यक व्यवस्था मिलाईनेछ ।
 पशुपन्छीबाट सर्न सक्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन व्यापक जनचेतना अभिवृद्धिका साथै एक स्वास्थ्य अवधारणानुसार जनस्वास्थ्य संरक्षणका लागि आबश्यक कार्यक्रम संचालन गरिने ब्यबस्था मिलाएको छु ।
 प्रत्येक वडामा रहेका आमा समुहहरुलाई सामुदायीक भवनको लागि आवश्यक बजेटको ब्यबस्था मिलाएको छु ।
 गाउँपालिका क्षेत्रमा रहेका प्रत्येक स्वास्थ्य संस्थाद्धारा मातृ शिशु स्वास्थ्य सेवालाई भरपर्दो र सुरक्षित बनाउन हप्ताका सातै दिन सुत्केरी जाँच तथा प्रसुति सेवा उपलब्ध गराइने ब्यबस्था मिलाएको छु ।
 आवश्यक औषधि स्टक आकस्मिक चिकित्सक सेवा तथा सुलभ औषधीको लागि बजेटको ब्यबस्था गरेको छु ।
 महिलाहरुको आङ खस्ने पाठेघर क्यान्सर आँखा हाड जोर्नि मुटु लगाएतका अति आवश्यक बिशेषज्ञ सेवा शिविर सञ्चालनका लागि आवश्यक बजेट बिनियोजन गरेको छु ।
 प्रत्येक टोलहरुमा स्वास्थ्य संस्थामा बिरामि पु¥याउन स्टेचर खरिदको लागि बजेट बिनियोजन गरेको छु ।
आगामी आ.ब. २०७५।०७६ को लागि जुनचिाँदे गाउँपालिका बहुक्षेत्रीय पोषण योजना (ःक्ल्ए) कार्यान्वयनको लागि निम्न कुरामा जोड दिएको छु ः
 यस गाउँपालिकामा महिला, बालबालिका र किशोर किशोरीमा हुने कुपोषणको अबस्थामा सुधार ल्याउने उद्देश्यका साथ बहुक्षेत्रीय पोषण योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्नलाई यस जुनचिाँदे गाउँपालिकाबाट समपुरक कोष (ःबतअजष्लन ँगलम) को व्यबस्था मिलाएको छु ।

 नेपालमा महिला, किशोरी र बालबालिकामा हुने कुपोषणको अबस्थामा सुधार ल्याउने उद्देश्यले नेपाल सरकारको प्राथमिकतामा रहेको बहु क्षेत्रीयपोषण योजना कार्यान्वयनलाई यस जुनचिाँदे गाउँपालिकाले पनि उच्च प्राथमिकतामा राखेको छ । सोही अनुरुप आ.ब. २०७५।०७६को लागि नेपाल सरकारबाट प्राप्त हुने बजेट रु १५,३३,००० पन्ध्रलाख तेतिस हजार) र यस गाउँपालिकाले छुट्याई समपुरक रकम समेतलाई क्षेत्र गत बिनियोजन गरी पोषण सुधारको लागि तोकिएको क्रियाकलापमा खर्च गरीने छ ।
 बहुक्षेत्रीय पोषण योजनाले निदृष्ट गरेका उपलब्धी तथा प्रतिफल प्राप्तीको लागि बिषयगत शाखा र साझेदार निकायहरुसंग मिलेर पोषण लक्षित र सम्बेदनशील क्रियाकलाहरु संचालन गरिनेछ र महिला बालबालिका लक्षित कार्यक्रम जस्तैः बालपोषण अनुदान,खोप कार्यक्रम,बाल मैत्री स्थानीय शासन आदिमा समेत बहु क्षेत्रीयपोषण योजनालाई समाबेश गर्दै लगिने छ ।

 गाउँपालिकाको पोषण सम्बन्धी सूचना, तथ्यांकहरुको व्यबस्थापनको कमी भएको कुरालाई महशुस गर्दै गाउँपालिकामा पोषणको क्षेत्रमा कार्यरत संघसंस्थाहरुको सहकार्यमा गाउँपालिका स्तरीय पोषण पाश्र्व चित्र(ल्गतचष्तष्यल एचयाष्भि) यसै आ.व. भित्र तयार गरिने छ ।

 बहु क्षेत्रीयपोषण योजना दोस्रो कार्यान्वयन सम्बन्धी राष्ट्रिय योजना आयोगको निर्देशिका २०७४ ले तोके अनुसार पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति सबै वार्डहरुमा गठन गरी बहु क्षेत्रीय पोषण योजनालाई मुल प्रवाहीकरण गरिनेछ ।
 यस बर्ष बहुक्षेत्रीय पोषण योजनालाई अन्य वडामा समेत बिस्तार गरि कार्यान्वयन गरिने छ ।
 स्वस्थ, सफा र पूर्ण पोषण युक्त घर, गाउ र वडा अभियान सञ्चालन गर्दै आगामी ५ बर्ष भित्र यस गाउपालिकालाई कुपोषण मुक्त भएको घोषणा गरिने छ ।
(ग) खानेपानी, सरसफाई तथा सिचाई
 मानिसको दैनिक जीवन संग प्रत्यक्ष सम्बन्ध जोडिएको स्वच्छ खानेपानीमा जनताको पहुँच स्थापित गर्न आगामि दुई बर्ष भित्र एक घर एक धाराको अवधारणाका सुनिश्चत गर्न आवश्यक पहल गरिने छ , साथै क्रमागत योजनाहरुलाई निरन्तरता दिईने छ ।
 कृषि क्षेत्रको आधुनिकिकरण सगै उत्पादन बृद्धिका लागि जुनीचाँदे गाउँपालिका भित्र सिचाई सुबिधा उपलब्ध गराउन लागि बिभिन्न निकायहरु संगको समन्वय, सहकार्य र साझेदारीताको आधारमा सम्भाव्यतामा आधारित सिचाई आयोजना संचालनका लागि पहल गरिने छ ।
(घ) युवा तथा खेलकुद
 स्वच्छ जीवनको लागि खेलकुद भन्ने मान्यतालाई मध्यनजर गरि नियमित रुपमा स्थानिय स्तरमा खेलकुदका बिभिन्न कार्यक्रमहरु जुनीचाँदे अध्यक्ष र उपाध्यक्ष कप खेलकुदको आयोजना गरिने छ ।
 गाउँपालिका स्तरीय खेलकुद समिति यसै आ.व भित्र गठन गरिने छ ।
 गाउँपालिका स्तरीय खेलकुदका लागि खेल मैदान निमार्ण गर्न आवश्यक पहल गरिने छ ।

(घ) महिला तथा बालबालिका

 “मानव सभ्यताको सम्मान छुवाछूत र सामाजिक कुरिति बिरुद्धको अभियान” भन्ने ध्ययका साथ जुनीचाँदे गाउँपालिका भित्र सामाजिक कुरीति बिरुद्धको कार्यक्रमहरु सञ्चालन गरिने छ ।
 महिला दलित अपाङ्ग जेष्ठ नागरिक वालवालिका मैत्री नीति तथा कानून निर्माण गरिने छ ।
 महिला वालवालिका अपाङ्गता जेष्ठ नागरिक बिरुद्ध हुने हिंसा तथा दुर्ववहार बाल श्रम वालविवाह छुवाछूत छाउपडि प्रथा वोक्सी लगाएत सबै प्रकारका कुरितिहरुको अन्त्य गर्न जनचेतनामुलक कार्यक्रमहरु उपचार ,मनोबिमर्स कानूनी सहायता र पुर्न स्थापना सम्बन्धी कार्यक्रमहरु बृहतरुपमा सञ्चालन गर्ने ब्यवस्था मिलाएको छु ।
 सामाजिक कुरीति रुपमा रहेका छुवाछत,छाउपडि, बोक्सी, वालविबाह सडक वालवालीका मुक्त क्षेत्र घोषण गर्ने ब्यबस्था मिलाएको छु ।
 सार्वजनिक निकायका संरचनाहरुलाई अपाङ्ग मैत्रि, बाल मैत्री र लौङ्गिक मैत्री बनाउने कार्य अघि बढाइने छ ।
 जोखिममा रहेका बालबालिका अपाङ्गता भएका वालवालीकाहरुको शिक्षा स्वास्थ्य र संरक्षणका लागि बिशेष कार्यक्रम संचालन गर्ने ब्यबस्था मिलाएको छु ।
 अपाङ्गता भएका ब्यक्तिहरुको संरक्षण सिप बिकास र उपयोगका लागि बिशेष कार्यक्रम सञ्चालन गरिने छ ।
 शिक्षा स्वास्थ्य महिला बालबालिका सामाजिक सुरक्षा लगाएतको सामाजिक बिकास गुरुयोजना बनाई लागू गरिने छ ।
 विपतमा परेका वालवालीकाहरुको उद्धार तथा पुनस्र्थापनाका लागि आवश्यक रकमको विनियोजन गरेको छु ।
 महिलाको आर्थिक सवलीकरणका लागि सीपमुलक तथा व्यवसायमूलक कार्यक्रम संचालन गर्ने व्यवस्था गरेको छु ।

९४० पूर्वाधारक्षेत्र
(क) सडक
 जुनीचाँदे गाउँपालिकाको यातायात सम्बन्धी गुरु योजना तयार गरी गाउँपालिकाका प्रत्येक वडा कार्यालयको केन्द्रसम्म सडकको विस्तार गरी जनाताको आवगमनमा पहुँच पु¥याइनेछ ।
 गाउँपाकिाका सम्पुर्ण वडामा आर्थिक वर्ष ०७५।०७६ मा सडक सञ्जाल जोड्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।
 गाउँपालिकाको केन्द्रसम्म सडकलाई स्तर उन्नती सहित कालोपत्रे गर्न संघ र प्रदेश सरकारसँग समन्वय गरी आवश्यक पहल गरिनेछ ।
 केन्द्रिय सडक (छेडा, थलह, जुनी हुदै जुम्ला) जोड्ने सडकलाई सुचारु गर्न संघ र प्रदेश सरकारसँग छिटोभन्दा छिटो आवश्यक पहल गरिनेछ ।
 गाउँपालिकाको केन्द्रसँग जोड्नका लागि प्रत्येक वडाहरुको सडकलाई प्राथामिकता दिई गा पाको केन्द्र सँग जोड्न आवश्यक बजेको व्यवस्था गरेको छु ।
 नर्मरा, लुहादह, कोर्ताङ्ग हुदै जुनी सम्मको सडकका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।
 लुहादह, गर्खाकोट, मैप बुदीडाँडा हुदै जुम्ला जोड्ने सडकका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
 मजकोट, डाँडाकोट, सानाखोला, मेसु, तांगाचौर हुदै लुहादहसम्मको सडकको लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
 औलखोला, काप्रा हुदै पराले सानाखोला सडकलाई प्राथामिकता दिई अगाडी बढाईने छ ।
 छाना कारिगाउँ विरा हुदै नरमरा जोडने सडकको लागि आवश्यक बजेटको ब्यबस्थापन गरेको छु ।
 लामातडा मटेला गर्खाकोट हुदै बुदिडाडा सम्मको सडक लाई स्तरउन्नतकिा लागि आवश्यक पहल गरिने छ ।
 मजकोट, पंचाला, मैनपाखा हदै जुनी जोड्ने सडकालाई प्राथामिकता दिइएको छ ।
 लुहादह, तांगाचौर, मेसु, चोत्राकोट हुदै पंचालासम्म सडकलाई अगाडि बढाईने छ ।
ख) पुल तथा ट्रसबिज

 नर्मरा , लुहादह जोड्ने सानाखोला मेसु जोड्ने , लामातरा, मटेला जोड्ने र देउसुले दहखोलाजोड्न मोटर पुलको लागि संघ र प्रदेश सरकारसँग पहल गरिनेछ ।
 गाउँपालिका अन्तर्गतका विभिन्न क्षेत्रमा झो. पु. र ट्रसवीज निर्माण गर्न आवश्यक पहल गरिनेछ ।

(ग) भवन निर्माण
 गाउँपालिका भित्र भवन निर्माण गर्दा भवन निमार्ण आचार संहिता बमोजिम भवन निमार्ण गरिने व्यवस्था मिलाईएको छ ।
 गाउँपालिकाको भवन निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिनेछ ।
 गाउँपालिका भित्र निमार्ण गरिने भवनहरु वालमैत्री, अपांग मैत्री, लैगिक संवेदन शिलतालाई ध्यायनमा राखि निर्माण गरिने व्यावस्था गरिएको छ ।

९४० वातावरण तथा विपत व्यवस्थापन
 वन तथा वातावरण ऐन, तथा नियमावी निर्माण गरी सोही अनुसारका कार्यक्रम सञ्चालन गरिनेछ ।
 जुनीचाँदे गाउँपालिका भित्र महत्वपूर्ण रैथाने र वनस्पति र वन्यजन्तुको संरक्षण गरी वैज्ञानिक वन व्यवस्थापन डढेलो नियन्त्रण कार्यक्रम सञ्चालन गरिनेछ ।
 एक व्यक्ति ६ विरुवा रोप्ने नीतिलाई प्रोत्साहन गर्न भावी सन्ततिलाई बिरुवा उपहार र वातावरण संरक्षण र संम्बद्र्धनका लागि चेतनामुल कार्यक्रम सञ्चालन गरिनेछ ।

 जुनीचाादे गाउँपालिकामा आकस्मिक पहिरो तथा नदी नियन्त्रण कार्यक्रम, एकिकृत भुसंरक्षण तथा जलाधार व्यवस्थापन र जलवायु परिवर्तन अनुकुलन योजना तयारी जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
९ङ० संस्थागत विकास, सेवा प्रवाह र सुशासन
 गाउँपालिकाको एकिकृत प्रोफाईल निर्माण गरी आवधिक योजना तयार गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।
 नागरिक मैत्री सेवा प्रबाहलाई थप ब्यबस्थीत बनाउन आवश्यक निति तथा कार्यक्रमहरु तर्जुमा गरेको छु ।
 न्याय प्रशासनलाई स्वच्छ, निष्पक्ष, सर्वसुलभ बनाई जनताको प्रत्यक्ष पहुँच पु¥याउनको लागि समयन्त्र बनाउन आवश्यक बजेटको व्यवस्था गरेको छु ।
 कर्मचारिहरको मनोवल उच्च राख्दै कार्य सम्पादनमा प्रभावकारिता ल्याउन आवश्यकतामा आधारित क्षमता बिकास सम्बन्धी तालिम सञ्चालन गरिने छ । उत्कृष्ट काम गर्ने कर्मचारिलाई सम्मान गरिने ब्यबस्था गरेको छु ।
 गाउँपालिकामा रहेको न्यायीक समितिको काम थप प्रभावकारि बनाउनका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरि कार्यान्वयनमा ल्याइने छ ।
 अध्ययन अवलोकन भ्रमणको माध्ययमबाट सिकाई आदान प्रदान गर्न आवश्यक बजेट व्यवस्थापन गरेको छु ।
 गाउँपालिका र वडा कार्यालयको सेवा प्रवाहलाई सहज बनाउन आवश्यक जनशक्ति व्यवस्थापन गरिने छ ।
 सवै स्तरमा बहुक्षेत्रीय पोषण योजना तर्जुमा गरी त्यसको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, सुशासन र पारदर्शिताको सुनिश्चितता गरिने छ ।

राजश्व र लेखा ः
 आन्तरिक आयको बृद्धि हुने किसिमका कार्यलाई प्रथामिकता दिईने छ । “मैले तिरेको कर मेरो गाउँपालिका सम्बृद्ध बनाउने रहर” भन्ने नाराका साथ कर तिर्न प्रोत्साहन गरिने छ ।
 जुनीचाँदे गाउँपालिका भित्र राजश्वको दायरा फराकिलो बनाई आर्थिक बृद्धिमा बढोत्तरी गरिने छ ।
संञ्चार
 सबैका लागि सूचना सवैतिर संचारको अवधारणालाई कार्यान्वयनमा ल्याउन यस जुनीचाँदे गाउँपालिकामा टेलिफोन टावर स्थापना तथा क्षमता अभिवृद्धि गर्नका लागि आवश्यक बजेट विनिवयोजन गरेको छु ।
 मजकोटमा रहेको क्प्थ् टावरको क्षमता वृद्धि तथा स्तरउन्नति सहित पाथिभरामा ल्त्ऋ टावर निर्माणका लागि आवश्यक पहल गरिने छ ।
 गाउँपालिकाको सम्पूण वडा तथा सरकारी कार्यालयहरुलाई ईन्टरनेट सेवा प्रदान गर्नका लागि आवश्यक बजेट विनिवयोजन गरेको छु ।
 स्थानीय स्तरमा रहेका कला संस्कृतिको जगेर्ना तथा शुशासनका पक्षमा अनुसन्धान मुलक पत्रकारीता प्रोत्साहन गर्न विशेष कार्यक्रम संचालन गरिने छ ।
 रेडीयो, अन्लाईन ,पत्र पत्रीकाको माध्ययमबाट गाउँपालिकाले संचालन गरेका गतिविधिहरु प्रकासन प्रसारण गरि जनतालाई सूसुचित गर्नको लागि आवश्यक वजेट बिनियोजन गरेको छु ।
 राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिताको विकासका लागि गाउँपालिकाको आयोजनामा आधारभूत पत्रकारीका तालिमको व्यवस्था गरिने छ । संचार कर्मीको हक हित र पेशाको सुरक्षाको लागि गाउँपालिकाबाट गर्नु पर्ने आवश्यक सहयोग प्रदान गरिने छ ।
सुरक्षा
 जुनीचाँदे गाउँपालिकाको प्रहरी सुरक्षा आवश्यक भएको स्थानमा प्रहरी चौकी स्थापनका लागि पहल गरिने छ ।
 जनताको जीउ धनको सुरक्षका लागि आवश्यक कानून निमार्ण गरि क्रमश गाउँपालिका स्तरीय गाउँ प्रहरी गठन एबं परिचालन गरिने छ ।

 लागू पदार्थ निषेध, मदिरा नियन्त्रण तथा सार्वजनीक भौतिक पूर्वाधार निमार्ण कार्यमा हुने अनियमितता र ढिला सुस्तीको अन्त्यका लागि मूर्त कार्यान्वयन गर्न बजेट विनियोजन गरेको छु ।
 स्थानीय तहमा रहेका प्रहरीको सवलीकरणका लागि आवश्यक वजेट विनियोजन गरिएको छ ।
 जनतालाई कानूनी प्रावधानको बारेमा जानकारी दिनका लागि प्रत्येक वडामा कानूनी अभियान संचालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

२.३ मुख्य मुख्य आयोजना र क्रियाकलापहरु

२.४ अनुमानित व्यय र स्रोत अनुमान

म अब माथि उल्लेखित नीति तथा कार्यक्रमहरुको कार्यान्वयनको लागि बस्ती तथा टोल स्तरीय भेला, वडा समिति, बजेट तथा कार्यक्रम तर्जूमा समिति, गाउँ कार्यपालिकाको बैठकमा घनिभूत छलफल भई स्विकृतिको लागि जुनीचाँदे गाउँपालिकाको आ.व. ०७५÷०७६ को अनुमानित बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

यस चालु आ.व. २०७४÷०७५ को आसाढ गते सम्म जुनीचाँदे गाउँपालिका को मौज्दात सरेको रु.०००।, आन्तरिक आय रु ।००, गाउँपालिका चालु अनुदान रु. ०००।–, पूँजिगत रु.,०००।–, गाउँपालिकाबाट प्राप्त रु ०००।–, गरि जम्मा रु ०००। आम्दानी भएको छ ।

आदरणीय सभा सदस्य ज्यूहरु,
आगामी आ.व. ०७५÷०७६ का लागि संक्षिप्त बजेट प्रस्तुत गरेको छु । आय तर्फ आन्तरिक श्रोत तथा राजश्व बाँडफाँड बाट रु. ,०००।–, नेपाल सरकारबाट प्राप्त वित्तिय सम्मानिकरण रु. ७,९५,००,०००। (अक्षरुपी रु सात करोड पन्चानब्बे लाख मात्र) सशर्त अनुदान रु. १२,१४,०००००। (अक्षरुपी बाह्र करोड चौंध लाख मात्र) र सामाजिक सुरक्षा भत्ता ०।०० गरि जम्मा रु ०००।– अनुमान गरिएको छ ।
व्यय तर्फ प्रशासनिक खर्च रु ३,३६,६०,०००।–, शसर्त कार्यक्रम रु. १२,१४,०००००।, विषयगत शाखा तर्फको कार्यक्रम रु. १,७९,८२,०००।, सामाजिक सुरक्षा भत्ता ,०००। पुँजिगत तर्फ रु ,०००।– गरि जम्मा रु.,०००। अनुमान गरिएको छ ।

आदरणीय सभाअध्यक्ष ज्यू
अन्त्यमा नीति कार्यक्रम तयारीको क्रममा आवश्यक निर्देशन प्रदान गर्नु हुने यस गाउँपालिकका अध्यक्ष ज्यू, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ज्यू, कार्यपालिकका सदस्य ज्यूहरु ,राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि ज्यू र पूर्व जननिर्वाचित प्रतिनीधि ज्यूहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । वजेटका सिद्धान्त उद्देश्य प्रथामिकता र नीतिहरुमा व्यापक छलफल गरि गाउँसभाका सदस्यहरुले दिनु भएका सुझावको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु । वजेट छलफलको क्रममा सुझाव दिनु हुने विषयगत शाखाका प्रमुख तथा यस गाउँपालिका मा कार्यरत कर्मचारीहरु वरिष्ठ विज्ञहरु घरेलु तथा साना उद्योग लागाएत नीजि क्षेत्र तथा नागरिक समाजका बुद्धिजिविहरु, समाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु पत्रकार तथा जुनीचाँदे भित्र र बाहीर रहनु भएका दाजुभाई दिदिबहीनी हरु सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु । साथै प्रस्तुत वजेट कार्यान्वयनमा सबै पक्षको पूर्ण सहयोग प्राप्त हुने अपेक्षा गरेको छु ।
धन्यवाद ।

प्रस्तुत गर्ने
जुनीचाँदे गाउँपालिका उपाध्यक्ष
शिवा आचार्य (बस्नेत)
मिति ः २०७५।०३।१०


ताजा समाचार