Loading... आजः सोमवार, कार्तिक १०, २०७७

भेरी नगरपालिकाको बजेट ४२ करोड १७ लाख


जाजरकोट । भेरी नगरपालिकाले आर्थिक बर्ष २०७५÷७६ का लागि ४२ करोड भन्दा बढि रुपैँयाको बजेट पेश गरेको छ । आइतवार तेस्रो नगरसभाको बैठकमा ४२ करोड १७ लाख ३२ हजार रुपैँया पेश गरिएको हो ।

खलंगा स्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको नगर सभामा उप प्रमुख भवना भण्डारीले बजेट पेश गरेकी हुन् । उपप्रमुख भण्डारीले पेश गरेको बजेटमा शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सिंचाईलाई र पुर्वाधार विकासलाई प्राथामिकता दिएको छ ।

नगरपालिकाको चालु अनुदान ९ करोड १२ लाख १ हजार, संघीय सशर्त अनुदान २० करोड ४४ लाख, पुँजीगत अनुदान १२ करोड ६१ लाख ३१ हजार बजेट बिनियोजना गरिएको छ ।

बैठकमा पेश गरेको बजेट आर्थीक बर्ष २०७४÷७५ को भन्दा झण्डै एक करोड ९ लाख बढि हो । आर्थीक बर्ष २०७४÷७५ मा ४१ करोड ७ लाख ३२ हजार रुपैँया रहेको थियो ।

नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बैठक सोमवार विहान सम्मको लागि स्थागित गरिएको जानकारी गराएपछि आइतवारको बैठक स्थागित गरिएको छ ।

 


ताजा समाचार