Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

भु–क्षयको उच्च जोखिमताका कारण निरास बन्दै खलंगा बासी

जाजरकोट,१० असार। केन्द्रिय सडक सञ्जालमा जोडिएपछि खलंगा बजारबासी निकै खुशी भएका थिए । मोटरवाटो पुगेपछि खलंगालाई शहरीकरणको दिशामा अगाडी बढाएका बजारबासीहरु भु–क्षयको उच्च जोखिमताका कारण निरास बन्दै गएका छन् । भिरालो जमिनमा रहेको खलंगालाई

शहरीकरण गर्ने सुन्दर सपना बोकेका बजारबासीहरुले करोडौंको लगानी गरेर घरहरु निर्माण गरे तर, पैरोको जोखिमताले सबैलाई निरास बनाई रहेको छ । बर्षाद समय लाग्नै लाग्दा घरधनीहरु निकै चिन्तित देखिन थालेका छन् । हाल बजारका ति ठुला–ठुला घरहरु जालीको भरमा अड्याईएको छ ।

रुपैडिया–मरिमतेन्जे भेरी करिडोर रणनैतिक राजमार्गको बाईपासका रुपमा रहेको मोटरबाटो पनि यही खलंगाको पैरोले सञ्चालनमा कठिनाई भईरहेको छ । गाउँ तथा बजार क्षेत्र भित्रका बिरामीहरुलाई उपचार गर्न एम्बुलेन्सद्धारा जाजरकोट अस्पतालसम्म लैजान जटिलता भईरहेको छ भने, बिद्यार्थीहरुलाई बिद्यालय जान–आउनलाई कठिन भईरहेको छ ।

खलंगा बजारको सिटीजन बैंक नजिकैको भु–क्षय तथा पैरोले जोखिममा परेका घरका मालिकहरुमा सुर्यबहादुर क्षेष्ठ, देवीलाल खत्री, मानबहादुर चलाउने, ऐनबहादुर पुन, गणेश बिक, भिमराज सिंह, कमानबहादुर खड्का, अम्बिका थापा (पुन), रेशम सुनार, बलबहादुर बिक, लोकबहादुर खत्री, भद्रबहादुर खत्री, तेजबहादुर खत्री, शान्तबहादुर शाही, रामबहादुर श्रेष्ठ, गुलाव सुनार, केशव बस्नेत, हर्कबहादुर खड्का, खड्कबहादुर खत्री, भद्रबहादुर वली, ईश्वरी खत्री, भबीलाल खत्री, चित्रबहादुर बोहरा, बुद्धीबहादुर खत्री, मायादेवी शाही गरि जम्मा २५ जना रहेका छन् ।

मोटरबाटो पुगेपछि बजारमा घर बनाउने पहिले देखिकै मेरो सपना हो केशव बस्नेतले भने–‘घरको सबै सम्पती लगानी गरेर बजारमा यहि एउटा घर बनाए तर, के गर्नु ? पैरोले घर निकै जोखिम भईसक्यो, फेरी यहाँ पैरो गयो भने आधा माथिल्लो थाप्ले नै बग्छ कि भन्ने चिन्ता लागि रहेको छ ।’ भु–क्षय तथा पैरोको जोखिममा सिटीजन बैंक नजिक मात्र नभएर खलंगाकै तल्लो थाप्ले, रिसाङ, साङट लघु जलबिद्युत आयोजनाको पावर हाउस नजिकैको भु–भाग र पासागाड लगाएतका ठाउँहरु निकै जोखिममा रहेको ईलाका वन कार्यालय, खलंगाका निमित्त प्रमुख होटासन शाहले जानकारी दिए । तलतिर भन्दा पनि माथितिरै सर्दै जाने भु–क्षय तथा पैरोको मौलिक बिशेषता हो निमित्त प्रमुख शाहले भने ।

किन हुन्छ ? भु–क्षय
पृथ्वीको पारस्थितिकीय प्रणालीमा आएको परिवर्तन एवं फेरबदले नै भु–क्षय हुने बिज्ञहरुले बताउदै आएका छन् । पारस्थितिकीय प्रणालीलाई सुन्तुलित बनाई राख्न वन जंगलको बिनासलाई रोक्नु पर्ने बिज्ञहरुको तर्क छ । बिकास निर्माणका नाममा प्रारम्भिक वातावरणीय परिक्षण (आईई) बीना जथाभावी रुपमा मोटरवाटो खन्नु, ढुङ्गा–गिठ्ठी–बालुवा निकाल्नुको साथै प्रयोग गर्नुले र भिरालो जमिनमा जथाभावी ढल निकास गर्नुले पारस्थितिकीय प्रणालीमा परिवर्तन आउने बिज्ञहरुको भनाई रहेको छ ।

कसरी भई रहेको छ ? वन बिनास
ईलाका वन कार्यालय, खलंगाल निकालेको तथ्याङ्क अनुसार २ सय १९ दशमलब ७७ वर्ग किलोमिटर क्षेत्रफल रहेको भेरी नगरपालीमा २१ हजार ९ सय ७३ हेक्टर जमिन रहेको छ भने, १५ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र रहेको छ । ३३ हजार ५ सय १५ जनसंख्या रहेको भेरी नगरपालिकामा राष्ट्रिय र सामुदायीक गरि जम्मा दुई प्रकारको वन रहेको छ । समुन्द्री सतहवाट ६ सय १० देखि २५ सय ५० मिटरसम्म उचाई रहेको भेरी नगरपालिकामा विभिन्न प्रजातिय काठ तथा वनजंगल रहेको छ ।


ताजा समाचार