Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

धार्मिक आस्था र पर्यकीय केन्द्र पैंकको मष्टा मन्दिर


जनक केसी
जाजरकोट । दैनिक सयौं सर्वसाधारणले पुजा र दर्शन गर्ने काठमाडौंको महांकाल देवीको उत्पति स्थल जाजरकोटको कुसे गाउँपालिका वडा नम्वर ९ पैंक स्थित मष्टा देवताको मन्दिर हो । सदरमुकाम खलंगा देखि एक दिनको पैदल दुरीमा रहेको मष्टा मन्दिर हजारौं सर्वसाधारणको गहिरो धार्मिक आस्थाको केन्द्र हो ।

मुलुककै महत्वपुर्ण शक्ति पिठहरु मध्य महत्वपुर्ण शक्तिपीठको रुपमा रहेको पैंकको मष्टा मन्दिर जिल्ला भित्र मात्र होइन अन्य विभिन्न जिल्लाका सर्वसाधारणहरुका लागि पनि गहिरो धार्मिक आस्थाको केन्द्र हो ।धार्मिक क्रियाकलापकहरु, पुजाआजा, धामी नाँचका साथै विभिन्न ज्योतिषी सम्वन्धी क्रियाकलापहरुका लागि पैंकको मष्टा मन्दिर निकै लोकप्रिय छ ।ऐतिहासिक तथा धार्मिक महत्वका दृष्टिले निकै लोकप्रिय मष्टा मन्दिर क्षेत्रको उचित संरक्षण र सम्वर्धन गर्न सके ठुलो धार्मिक पर्यटकीय क्षेत्र वन्न सक्ने जानकारहरु वताउछन् । सडक र विजुली अनि सन्चारको पहुच भन्दा टाढा रहेको उक्त मष्टा मन्दिर उचित प्रचार प्रसार नहुदा त्यति धेरै चर्चामा छैन ।

मष्टा मन्दिरको महत्व, धार्मिक तथा ऐतिहासिक चिनारीका विषयमा दुनियालाइ चिनाउन नसकेका कारण मन्दिर ओझेल पर्ने अवस्थामा पुगेको स्थानीय ९३ वर्षिय वीरवहादुर रोकाय वताउछन् । उनले निकै महत्पुर्ण धार्मिक इतिहास र जाजरकोट राज्यको इतिहास संग समेत जोडिएको पैंकको मष्टा हामी सवैको वेवास्ताले ओझेल परेको वताए । स्थानीय जनताको निस्क्रियता, स्थानीय सरकारको वेवास्ता र सरोकारवाला निकायले उचित ध्यान नदिए पनि यो मन्दिरमा पुजाआजा गर्न आउनेहरुको भीड निकै लाग्ने गरेको छ । सडक निर्माण भइरहेका कारण अहिले गाडीवाट केहि यात्रा गरेर छिटै मष्टा मन्दिर सम्म पुग्न सकिने भएको छ । पस्चिममा कुसे हिमाल पुर्वमा सिस्ने हिमाल उत्तरमा हरियो पहाडको सुन्दर दृस्य अनि दक्षिणमा धान फल्ने जिउलाको शिरानीमा अवस्थित पैंकको मष्टा मन्दिरको पौराणिक कहानी निकै रोचक रहेको स्थानीय वुद्धिजीवी अमरवहादुर रोकायले वताए । उनका अनुसार पैंकको मष्टा देवता मुगु र वाजुराको विचमा पर्ने कौवा भन्ने ठाउँवाट ६ सय वर्ष अघि पैंकमा आएको हो । सुरुमा जुम्लाको ढडार भन्ने स्थानमा उत्पति भएको मष्टा देवता जुम्लाकै वुडु हुदै वाजुरा र मुगुको सिमाना कौवा भन्ने स्थानवाट जाजरकोट आएको किम्वदन्ती छ ।

यस्तै जाजरकोट घरंगाको तुली भम भन्ने ठकुरी जातको एक व्यक्ति जोगीको भेषमा कौवामा गएको वेला घर फर्कने क्रममा जुम्लाको कुस्मीचौर भन्ने ठाउँमा दुइवटा गरुढले घन्टीहरुको झुप्पो तानिरहेको देखेपछि त्यो छुटाएर घर ल्याएको र घन्टहरुवाट शक्ति प्रर्दशन हुन थालेपछि सुरुमा त्यसलाइ पैंकको कफल्लामा राखिएको थियो । सुरुमा पैंकको कफल्लामा रहेको मष्टा देवताको मन्दिर त्यहा असारे रोकाय भन्ने धामीकी श्रीमतिले देवतालाइ अपमान गरेका कारण राति १२ वजेको समयमा आफै मन्दिरका सामानहरु विजुलडाँडामा आएको र पछि त्यहावाट पनि आगोको मुस्लोको रुपमा देवता भागेर जाँदा नन्दराम जैसी नामका व्रहामणले दौडेर समातेको कारणले मष्टा देवताको मन्दिरको पुजारी व्राहमण नै हुने रीत रहेको रोकायले वताए । उनका अनुसार पैंकको मष्टा मन्दिरमा अहिले सम्म नाँच्ने धामीहरु २६ पुस्तामा पुगेका छन् ।  स्वर्गका राजा भगवान इन्द्रका चेलाको रुपमा चिनिने मष्टा देवताका १२ भाइ हुने र ती मध्य जाजरकोटमा तीन भाइहरु रहेको रोकायले वताए । उनका अनुसार पैंकका तीन स्थानमा रहेका मष्टाहरुमा हारे मष्टा देवता पैंकमा, लाटो मष्टा देवता पैंककै विजुलडाँडामा र दुधे मष्टा पैंककै कफल्लामा रहेका छन् ।

अहिले पनि मन्दिर भित्र आगोको ज्वालाको प्रतीको रुपमा फटीकशिला रहेको र सवैले सधै देख्न नपाएपनि कुनै विशेष दिनमा कोहि कोहिले मात्र देख्ने गरेको उनले वताए । अहिले मष्टा मन्द्यिरमा र हालको मन्दिर रहेको कुसे गाउँपालिका ९ पैंकस्थित चटटानमा देवता रहेको रोकायले वताए । उनका अनुसार विगतमा मष्टा देवता निकै शक्तिशाली र विभिन्न चमत्कारहरु देखाउने गरेको वताए । २०३४ सालमा मन्दिरमा रहेको महत्वपुर्ण मुर्ति चोरी भएको र कसैले पनि उक्त मुर्ति खोजी नगरेको स्थानीयवासीको दुखेसो छ । अहिले पनि पुणर््िामाको दिन वा अन्य कुनै विशेष दिनमा मष्टा मन्दिरका धामी र पुजारीले केहि चमत्कारपुर्ण काम गर्ने गरेको अर्का स्थानीय दिपेन्द्र आरसीले वताए । भदौं पुर्णिमा, इन्द्रजात्रा,विभिन्न पुर्णिमाहरुमा यहाँ निकै ठुलो मेला लाग्ने र स्थानीयहरुको मष्टा मन्दिर प्रति निकै ठुलो आस्था र विस्वास रहेको उनले वताए । विभिन्न वलिहरु चढाउने, धामी नाँच्ने, तथा अन्य रमाइला तथा धार्मिक क्रियाकलाप गर्नका लागि पैंक आसपासका गाउँहरु मात्र नभइ जिल्ला भित्र र वाहिरी जिल्लाका सयौं सर्वसाधारणहरु जम्मा हुने गरेको रोकायले वताए । ।

मुलुकका अन्य शक्ति पिठहरुको चर्चा वढी भएकोले सवैले चिन्ने गरेको तर पैंकको मष्ठा मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वका वारेमा वाहिर प्रचार प्रसार नहुनुले मन्दिर ओझेलमापरेको स्थानीयवासीको गुनासो छ । सरकारी पक्षले केहि गर्न नसकेका काररण मष्टा मन्दिर क्षेत्र ओझेल परेको स्थानीयवासीको गुनासो रहेको छ । जाजरकोटको कुसे गाउँपालिका वडा नं ९ र ८ मा रहेको धार्मिक महत्वको मष्टा मन्दिर धेरै जनताको आस्थाको केन्द्र हो । जाजरकोटका गाउँहरुमा मात्र होइन मुलुककै महत्वपुर्ण शक्ति पिठको रुपमा रहेको मष्टा मन्दिर संरक्षणका लागि स्थानीय तथा केन्द्रिय सरकारले उचित ध्यान नदिएको प्रति स्थानीय जनताले गुनासो गरेका छन् ।

उता कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले स्थानीय सरकारका तर्फवाट विशेष गुरु योजना वनाएर मष्टा मन्दिर क्षेत्रलाइ धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफुले सोच वनाएको वताए । आगामी वर्ष देखि नै आफुले वजेट तथा योजनाको तर्जुुमा गरेर विभिन्न निकायसंग सहयोग र सहकार्यका लागि पहल गर्ने अध्यक्ष वस्नेतले वताए ।


ताजा समाचार