Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

दुई दिने कृषि तथा संस्थागत बिकास तालिम सञ्चालन

जाजरकोट,८असार । जाजरकोटको भेरी नगरपालिका वडा न १३ कुदुमा दुई दिने कृषि तथा संस्थागत बिकास तालिम सञ्चालन गरिएको छ । कृषक लाई सिचाई आयोजना बारेमा जानकारि दिनको लागि तालिमको आयोजना गरिएको सिचाई डिभिजन कार्यालय जाजरकोटका प्रमुख बिष्णु प्रसाद पौडयाल ले बताए । जाजरकोट जिल्ला हाल सम्म शिक्षा क्षेत्रमा साह्रै पछाडि परेको कारण यहा हजारैं जनता दैनिक ठगिनु पर्ने बाध्यता रहेको ले सिचाँई आयोजनाम थप टेवा पुर्याउन तालिमको आयोजना गरिएको समेत प्रमुख पौडयाल ले बताए ।

जाजरकोट जिल्लाम बिकास निर्माणका काम भन्दा दवाभमा काम गर्न खोजने प्रबिधि अझ कायम रहेकोले हाल काम गर्न अफठयारो परेको प्रमुख पौडयाल ले बताए यस्ता कामहरुलाई बन्द गर्नको लागि सचेत गराउनको लागि उपभोत्ता लाई सक्षेम बनाउनको लागि संस्थागत बिकासमा टेवा पुर्याउनको लागि नगरपालिका भित्रका ४२ जना सहभागिलाई तालिम दिएको हो ।

एकिकृत जलस्रोत ब्यबस्थापन परियोजना अन्तरर्गत मध्यपश्चिमाञ्चल क्षेत्रिय निर्देशनालय सुर्खेतको आयोजनाम सञ्चालन गरिएको थियो तालिममा सहभागि हरुलाई आफनो कोसमा रहेको आर्थिक कारोवार पार्दशिकता तरिकाले राख्न बैठक पुस्तीका उठाउन कार्यक्रमको बारेमा निति आगामि दिनमा सञ्चान गर्न सकिने कामको बारेमा छलफल गरिने समेत आयोजकले बताएको छ ।

मध्य पश्चिम क्षेत्रिय सिचाई बिभाग सुर्खेतका अमर बहादुर ओलीको अध्यक्षता तथा सिचाई डिभिजन कार्यालय जाजरकोटका प्रमुख बिष्णु प्रसाद पौडयालको प्रमुख आथित्मा तालिम सञ्चालन गरिएको थियो । तालिममा भेरी नगरपालिका भित्रका सिचाँई कुलो निर्माण उपभोत्ता समितिका ४२ जना पदाधिकारि हरुको उपस्तीति रहेको थियो कार्यक्रमको प्रशिक्षण मध्य पश्चिम क्षेत्रिय सिचाई बिभाग सुर्खेतका कम्पियूटर अपरेटर भुवन कलेलले गरेका थिए तालिम शनिवार सम्म सञ्चालन गरिने आयोजकले जनाएको छ ।


ताजा समाचार