Loading... आजः बुधबार, कार्तिक ५, २०७७

छेडागाड नगरपालिकामा जनता बैंकको शाखा स्थापना


जाजरकोट । छेडागाड नगरपालिकामा जनता र्बैकको शाखा स्थापना भएको छ । नगरपालिकाको थलह बजारमा शुक्रवार देखि जनता बैंकको शाखा स्थापना भएको हो ।

शाखाको नगर प्रमुख लाल बहादुर महताराले उद्घाटन गर्नु भएको छ । बैकको शाखा स्थापना भएपछि नगरपालिकालाई आर्थिक कारोवारो गर्न सहज भएको छ ।

नेपाल राष्ट्रबैंक बाट (क) बर्गका बैकहरु जाजरकोटका स्थानिय तहहरुबाट सेवा दिन सुरु गरेपछि नगरपालिका तथा गाउँपालिकालाई सहज भएको छ । थलह बजारमा स्थापना भएको जनता बैंकले शुक्रवार देखिनै आफ्नो कारोवारो सूरु गरेको सहकारी अधिकृत चन्द्र शर्माले जानकारी दिए ।

 

नगरपालिकामै बैंक स्थापना भई संचालनमा आएपछि नगरवासीलाई छिटो, छरितो र भरपर्दो सेवा दिन सहज हुने नगर प्रमुख महताराको भनाई छ ।

बैंकका मेनेजर खुसिराम साप्कोटाले विश्वासीलो सेवा दिने बताए । नगरवासीले अब बैंककै काममा सदरमुकाम खलंगा सम्म धाउनु पर्ने बाध्यता हटेको छ । बैंकको उद्घाटन कार्यक्रममा उप प्रमुख सरिता वली, बिभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

 


ताजा समाचार