Loading... आजः शनिबार, कार्तिक ८, २०७७

लागुऔषध र मदिरा रोक्न बिद्यार्थि र प्रहरीको अभियान शुरु


दुनै(डोल्पा) ५ असार ।
डोल्पाको सदरमुकाम दुनैमा लागुऔष तथा मदिरा नियन्त्रणका अभियान शुरु गरिएको छ । जिल्लाभर भैरहेका अबैध मदिरा बिक्री बितरण तथा द्रुब्यसनलाइ रोक्न प्रहरी र बिद्यार्थि सहितको अभियान सुरु गरिएको हो । मंगलबार सदरमुकाम दुनैमा लागु औषध तथा मदिरा द्रुब्यसनि सम्बन्धी सप्ताहाब्यापि कार्यक्रम गर्दै लागुऔषध निषेध र मदिरा नियन्त्रण बिरोधको ¥याली प्रर्दशन गरिएको छ ।प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बिद्यार्थि र प्रहरी तथा कर्मचारीहरुको उपस्थितिमा लागु औषध र अवैध मदिराको बिक्रि बितरणको चर्को बिरोध गर्नुभयो ।

उहाँका अनुसार बालबालिकाले नै बिरोध गरेपछि आभिभाबकले बालबालिकाको कुरा मान्ने भएकै कारणले पनि यो अभियानमा बिद्यार्थीको बिशेष भुमिका हुने छ । जिल्लामा लागुऔषधका कारोवार शुन्य रहे पनि भोलिका दिनमा लागुऔषका घटनाहरु नघ्टालान भन्ने कुनै आधार नभएको अबस्थामा अहिलेबाटै सचेतनाका कार्यक्रम गर्नुपरेका प्रहरी नायव उपरिक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । लागु औषध तथा मदिरा नियन्त्रण सम्बन्धिसचेतनामुलक सन्देश लेखिएका प्लेकार्डहरु बोकेर बिद्यार्थि र प्रहरीका साथै अन्य कर्मचारीहरु ¥यालीमा निस्किएका थिए ।¥यालीमा स्थानीय सरकारका प्रतिनिधि र स्थानीय बासिहरुको सहभागिता भने थिएन् ।


ताजा समाचार