Loading... आजः शुक्रबार, कार्तिक ७, २०७७

बजार अनुगमनमा तिव्रता


जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले बजार अनुगमनलाई तिव्रता दिएको छ । स्थानिय बजारमा म्याद सकिएका अखाद्य सामनहरुको विक्रि वितरण गरिएको पाइएपछि बजार अनुगमनलाई तिव्रता दिइएको हो ।

सदरमुकाम खलंगाका गैरिखाली, शान्तिचौतारा, ठाँटी, तल्लो थाप्ले लगायतका बिभिन्न ठाउँमा बजार अनुगमन गरी म्याद सकिएका सामग्रीहरु बरामद गरि नस्ट समेत गरिएको छ । अनुगमनका क्रममा व्यापारीहरुले म्याद सकिएको समानहरु वेचीरहेको पाईएको छ ।

सदरमुकाम बाहिर पनि अनुगमन गरिरहेको प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । जिल्लाका बिभिन्न स्थानका स्थानिय बजारहरु फेरा, मोर्क, छेडागाड, दल्ली, रिम्ना, थलबजार लगायतमा अनुगमन गरिने उनले जानकारी दिए ।

अव देखि प्रत्यक हप्तामा शुक्रवार, शनिवार र आइतवार बजार अनुगमन गरिने प्रजिअ बस्नेतले जनाए । पहिलो पटक व्यापारीहरुलाई सचेत गराइएको र दोस्रो पटक अटेर गरे उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारवाही गर्ने चेतावनी दिए ।

सदरमुकाम लगायतका छेडा बजार सम्म अनुगमन गरी म्याद सकिएका बिभिन्न सामाग्रीहरु जफत गरी मंगलवार नष्ट गरिएको छ । मंगलवार जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख तथा पत्रकारहरुको रोहवरमा उक्त सामनहरु नष्ट गरिएको प्रहरी प्रमुख रविन्द्र बहादुर सिंहले जानकारी दिए ।

बजारमा सवैभन्दा बढि पेय पदार्थ म्याद सकिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले जानकारी दिए ।


नष्ट गरिएका म्याद सकिएका सामानहरु

तपशिलः

५०० मि.लि.को कोका कोला १० बोतल

५०० मि.लि को फ्यान्टा ८ बोतल

५०० मि.लि को स्प्राइट ८ बोतल

२.५ लि.को कोकाकोला १ बोतल

२.५ लि.को फ्यान्टा ३ बोतल

१.५ लि.को स्प्राईट ३ बोतल

३०० मि.लि को फ्यान्टा १७ बोतल

फ्रुटी ७ वटा

२०० ग्रामको भुजा ६२ प्याकेट

४०० ग्रामको ८ प्याकेट

५० ग्रामको सेन्चुरी चिकेन मसला १६ प्याकेट

५० ग्रामको सेन्चुरी चिकेन मसला ५ प्याकेट

सेन्चुरी पोटाटो २० प्याकेट

हरियो मटर ३४ प्याकेट

स्नेहा रातो ३ प्याकेट

निम्बु चटपटे ४ प्याकेट

सेन्चुरी मिक्स मसला २८ प्याकेट

कुरकुरे १४ प्याकेट


ताजा समाचार