Loading... आजः सोमवार, मंसिर ८, २०७७
Trending

स्थानिय स्तरमा उठेका सवाल हरुलाई समाधान गर्ने जनप्रतिनिधिहरुको प्रतिबद्धता

जाजरकोट,५असार। जाजरकोटको भेरी नगरपालिका र छेडागाड नगरपालिकाका जनप्रतिनिधिहरुले स्थानिय सवाल हरुलाई आगामि दिनमा पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन । सोमबार जाजरकोटको भेरी नगरपालिका वडा न ९ भुर पोखरिमा सञ्चालन गरिएको पारस्परिक जवाफदेहिता परियोजना साझासभा कार्यक्रममा बोलदै भेरी नगरपालिका र छेडागाड नगरपालिकाका जनप्रतिनिधिहरुले स्थानिय जन्ताको समस्याको सवाल लाई कार्यन्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

सवाल हरुमा स्वास्थ्य चौखिहरुमा मंगलवार मात्र गर्भ जाच गरिने अन्य दिन गर्भवति जाच नगरिने ,पाठय घर खस्ने सम्बन्धी कुनै स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम सञ्चालन नआएको , कृर्षक हरुले पाउने अनुदानका कार्यक्रमहरुमा किसानले चर्को मुल्य तिर्न बाध्यता कायम रहेको , हाल सम्म पनि सरकारी कार्यालयमा नागरिक वडापत्र नराखिएको ,बिद्यालय क्षेत्रमा सार्वजनिक लेखापरिक्षण नभएको ,

कार्यालयहरुमा गुनासो सुन्ने अधिकारि नहुनु ,ल्याव सेवा सञ्चालन सामाग्रि प्रयाप्त नहुदा सञ्चालनमा नआएको स्थानीहरुले सार्वजनिक जग्गाम अतिक्रमण गरि बस्ती बिस्तार गरेको ,मधिरा सेवन गरि दैनिक स्थानिय कुटपिट तथा धम्की लगाएतका सवालहरु स्थानिय हरुले सवाल हरु उठाएका थिए ।

उत्त सवाल हरुमा भेरी नगरपालिकाकी उपप्रमुख भावना भण्डारी छेडागाड नगरपालिकी उपप्रमुख सरतिा वली छेडागाड नगरपालिका वडा न १३ का वडा अध्यक्ष मोतीलाल खत्रि भेरीनगरपालिका वडा न ९ का वडा अध्यक्ष धुर्व प्रसाद पौडेल जिल्ला समनवय समितिका उपप्रमुख ज्ञानि प्रसाद शर्मा लगाएतका जनप्रतिनिधिहरले गर्भ जाचको लागि बिरामि आए सातै दिनमा गर्भ जाच गर्ने गरेको भुर स्वासथ्य चौखिका यर्चाज लालबहादुर खडकाले बताए ।

साथै स्वास्थ्य शिक्षा कृषि क्षेत्रमा आगामि दिनमा जायज मागलाई वडा देखि छनोट गरि तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।स्थानिय स्थरमा तथा जिल्ला तहमा उठदै आएमा उठने गरेका सवाल हरुलाइ जनप्रतिनिधिहरु द्धरा आगामिदिनमा गर्ने पतिबद्धता ब्यक्त गरेका छन ।साथै समुदायमा रहेका समस्या गुनासो हरुलाइ गाउँघरमा नै आएर सुनेकोमा स्थानिय बासि हर्षित भएका छन ।

नागरिक समाज पारस्परिक जवाफदेहिता परियोजना फिल्ड स्थरका सवाल पहिचान कार्यक्रम सुन्दर नेपाल सास्था जाजरकोटले आयोजना गरेको थियो कार्यक्रममा सुन्दर नेपालका जिल्ला संयोजक धन बहादुर रावत ,सामुदायिक सचारकर्मि सपना वली ,जिल्ला जनस्वास्थ्यका प्रतिनिधि स्वास्थ्य दिर्घ राज आर्सि स्वास्थ्य चौखी भुरका इन्चार्ज लाल बहादुर खडका लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रम वडा अध्यक्ष धुर्व प्रसाद पौडेलको अध्यक्षयता तथा जिल्ला समन्वय समिति जाजरकोटका उपप्रमुख ज्ञानि प्रसाद शर्माको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।


ताजा समाचार