Loading... आजः शुक्रबार, कार्तिक १४, २०७७

घरको छतबाट खसेर बालिकाको मृत्यु

जाजरकोट । चारतले घरको छतबाट खसेर जाजरकोटमा एक बालिकाको ज्यान गएको छ । आठविसकोट नगरपाकिा १३, रुकुमका दिपक चन्दकी ४ बर्षिय छोरी युमि चन्दको ज्यान गएको हो ।

भेरी नगरपालिका ३, ठाँटी स्थित कान्तिपुर होटेलको चार तला माथिबाट खसेर बालिकाको ज्यान गएको हो । नुहाएर एक्लै खेलिरहेकी बालिका चन्द चार तला पिज रोडमा खसेकी थिइन । गम्भिर घाइते चन्दलाई उपचारको लागि नेपालगंज लिदै गर्दा बाटोमै ज्यान गएको हो ।

नेपालगंज लिदै गर्दा सुर्खेतको मेहेलकुनामा बालिकाको ज्यान गएको छबि पन्तले जानकारी दिए । दिउसो एक बजे तिर खेसेकी बालिकालाई एम्बुलेन्स नपाएर समयमै नेपालगंज पुर्यान नसकिएको उनले बताए ।

जिल्ला अस्पतालाको एम्बुलेन्स बिग्रीएको भन्दै नेपालगंज जान नमानेपछि सानो गाडीमा उनलाई नेपालगंज लिदै गर्दा बाटोमै ज्यान गएको हो । बाजेबजै संग ठाँटीमा बस्दै आएकी बालिकाका आमा, बाबा कामको शिलशिलामा भारतमा छन् ।


ताजा समाचार