Loading... आजः आइतवार, कार्तिक १६, २०७७

बजार अनुगमन लाई निरन्तरता दिने प्रजिअ बस्नेत ।


जाजरकोट ,३ असार । जाजरकोट जिल्ला सुस्ताएको बजार अनुगमनले निरन्तरता पाउने भएको छ । जिल्लाका बिभिन्न स्थानिय बजार तथा जिल्ला सदरमुकाम खलंगाम समेत बजार अनुगमनमा जिल्लाका सरोकार वाला निकायहरुले हाल सम्म बजार अनुगमन चासो नदेखाउदा यहाँका स्थानिय बासि चर्को मुल्यमा बस्तु किनबेच गर्न तथा बस्तुको मिति गएको बस्तु उपयोग गर्न बाध्य भएको ले यो अभियानले निरन्तरता ल्याउने प्रमुख जिल्ला अधिकारि ललित कुमार बस्नेतले जानकारि दिए ।

शनिवार जिल्ला सदमुकाम खलंगाम उपभोत्ता शिक्षा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले आगामि दिनमा अभियान लाई निरन्तरता दिन सबै सरोकार वाला निका लाइ लागि पर्न निर्देशन समेत दिएका छन । बस्नेतका अनुसार देशमा महंगी बढेको भन्दै उपभोक्ता लाई चर्को मुल्य असुल्ने मिति नागेको बस्तु बेचबिखन गर्ने तौलको मापडन्ड अनुसार बस्तु किनबेच नगरिएको पाए जुनसुकै ब्यापारिलाइ कानुनि दायराम ल्याउने समेत बताए । साथै भन्दा जाजरकोट जिल्लाको खलंगाम यस्तो समस्या देखा परर्ने भउकोले आगामि प्रत्यक महिनाको एक चोटि नियमित बजार अनुगन गरिने समेत प्रजिअ बसनेतले बताए ।

साथै आगामि दिनमा जिल्लाका प्रत्यक बिद्यालय , तथा सरकारी कार्यालयहरुको आसपासमा कार्याmयमा धुम्रपान मध्यपान निषेध गरिने समेत प्रजिअ बसनेतले बताए । उता भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तीका अनुसार भेरी नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका, २०७५ स्थानीय राजपत्रमा प्रकाशित गरिसकेकोले यसलाई हाल कार्यान्वयन चरणमा भएकोले नगर उप–प्रमुख भावना भण्डारीको सयोजकतोमा बजार अनुगमन समिति निर्माण गरि उपभोत्ता हरुलाई गुणस्तरि बस्तु उपभोग गराउनको लागि नगरपालिका रात दिन खटिन तयार रहेको समेत नगर प्रमुख घर्तीले बताए । साथै नगरपालिकाले उपभोक्ता हित संरक्षणका लागि आवश्यक नीतिगत व्यवस्थापनि गरेको समेत प्रमुख घर्तीले बताए ।

उता जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नयाव उपरिक्षक रबिन्द्र बहादुर सिंहका अनुसार जाजरकोट जिल्लाम दिन प्रतिदिन लागुऔषध चरेस अफिन जस्ता अपराधिक जनक घटनाहरुलाई नियन्त्रण गर्नको लागि गाउँगाउँमा प्रहरी परिचालन गर्ने बताए आर्थिक बर्षमा जाजरकोट जिल्लाम २९ सय लिटर मदिरा जाड २सय ७० लिटर रक्सी र ६५ थान रक्सी बनाउदा प्रयोग हुने भाडा बरामद गर्न नेपाल प्रहरी सफल भएको समेत प्रहरी नायव उपरिक्षक सिंहले बताए । हाल जिल्लाम धेरै मात्राम यस्ता घटना हरु हुने गरेकाले आगामि दिन्मा सरकारि कार्यालय तथा सार्वजनिक स्थान ओसार पोसार अबैध किनबेच जस्ता कार्यलाइ बन्द गर्ने बताए ।


ताजा समाचार