Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

किन देखा पर्‍याे जाजरकोटमा निलाे अाकाशमा धमिलो तुवाँलो ?

जाजरकोट ,२ असार । झट्ट हेर्दा निलाे अाकाश देखिने जाजरकोटमा शुक्रबार देखि धमिलो तुवाँलो देखा परेको छ। भारतको राजस्थान हुँदै नेपाल प्रवेश गरेको हावाले ल्याएको धुलोको कारण जाजरकाेट लगाएत देशभरकाे अाकासमा तुवाँलाे जस्ताे देखापरेकाे हाे ।

तेसैगरी शुक्रबार राति देखी नेपालका धेरै ठाउँमा हिलोसहितको पानी परेको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार उच्च वायुमण्डलमा भारतबाट आएको धुलो टाँसिएपछि फोहोर पानी परेको हो साेहि माैसमकाे प्रभावले जाजरकोट जिल्लामा पनि यसको असर देखिएको छ ।

अरु बेलामा पनि उच्च वायुमण्डलमा भारतबाट धुलो आउने गरेको छ । तर पानी नपर्दा यो वायुमण्डलबाट नै मध्य क्षेत्र हुँदै पूर्वबाट बाहिरिने गरेको समेत महा शाखाले जनाएको छ । वर्षातको समयमा भने पानी पर्दा धुलो पनि सँगै झरेपछि फोहोर पानी परेको उहाँले जानकारी दिनुभयो । केही समयअघि अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको अध्ययनले भारतमा वायु प्रदुषणको मात्रा निकै उच्च भएको देखाएको थियो ।

नेपालमा बहने हावा भारत हुँदै आउने भएकाले त्यहाँको धुलो पनि सँगै आएको मौसमविद् रिमालको भनाई छ ।


ताजा समाचार