Loading... आजः शनिबार, अशोज २, २०७८

कृषकहरुका लागि आधुनिक प्रविधि भित्र्याउदै भेरी नगरपालिका


जाजरकोट । आधुनिक कृषि प्रणालिलाई जोड दिदै नगरपालिकामा बिभिन्न प्रविधि भित्र्याउन थालिएको छ । कृषि उत्पादनलाई बृद्धि गर्न भेरी नगरपालिकाले कृषकहरुका लागि बिभिन्न आधुनिक प्राविधि भित्र्याउन थालेको हो ।

खाद्यान्न उत्पादको महत्वपुर्ण सम्भावना भएका ठाउँको पहिचान गर्दै नगरापालिकाले बिभिन्न सामाग्री भित्र्याउन थालेको छ । कम परिश्रममै उत्पादनलाई बृद्धि गरी नगरपालिकालाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गरिने नगर प्रमुख चन्द्र प्रकाश घर्तीको भनाई छ ।

भेरी नगरापालिका वडा नम्बर १३, कुदुमा शुक्रवार खेत जोत्ने ट्याक्टर लागायतका अन्य कृषि सामग्रीहरु नगर प्रमुख घर्तीले हस्तान्त्रण गरेका छन् । नगरपालिकाको आर्थिक सहयोगमा प्रधानमन्त्री कृषि आधुनीकीकरण परिपयोजना (pmamp) अन्तरर्गत व्लक संचालक समितिलाई नगरप्रमुखले उक्त ट्याक्टर र सामाग्री हस्तान्त्रण गरेका हुन् । स्वराज कम्पनिको एउटा ट्याक्टर, जोत्ने रोटाबोटर, मकै थ्रेसर र कस्टम हार्डरेङ्ग सेन्टर समितिलाई हस्तान्त्रण गरिएको प्राविधिक सहायक टोप बहादुर नेपालीले बताए ।

हस्तान्त्रण गरिएको ट्याक्टर कुदुको भुगोलको लागि अत्यान्तै लाभदायीक हुने प्राविधिक सहायक नेपालीको भनाई छ । यसलाई कुदुको जुनसुकै ठाउँमा लिएर जोत्न सकिने भएकोले सवै कृषकहरु लाभाम्बित हुने उनको भनाई छ ।

हस्तान्त्रण कार्यक्रममा कृषकहरुले कुदुको भुगोल र जमिनको अनुकुल तथा खेति प्रणाली सुहउदो कृषि सामाग्रीहरु हस्तान्त्रण गरेको भन्दै नगरप्रमुख लाई धन्यवाद दिएका छन् । यसबाट समयको बचत र गोरु नपालेका कृषकहरुले पनि लाभाम्बित हुने छन । उक्त कृषि सामाग्रीहरु ग्रहण गरेपछी त्यहाँका कृषकहरु निकै खुसि भएका छन् ।

करिव ३८ लाख बराबरको लगानिमा उक्त कृषि सामग्रीहरु उपलब्ध गराइएको कृषि शाखाका प्रमुख मुकेश राम्जालीले जानकारी दिए ।

हस्तान्त्रण कार्यक्रममा उपप्रमुख भावना भण्डारी, प्रमुख प्रशासकिय अधिकृत डिल्लिराज वेल्वासे, वडाअध्यक्ष गोपाल बटाला, १२ का वडाअध्यक्ष निम बहादुर भनारी, ११ का अध्यक्ष लक्ष्मि प्रसाद जैसी लगायतको उपस्थिती रहेको थियो ।


ताजा समाचार