Loading... आजः आइतवार, कार्तिक ९, २०७७

जाजरकोटका गाउँ गाउँ सामुदायिक प्रहरी अभियान सञ्चालन


जाजरकोट,१असार । जाजरकोट जिल्लामा गाउँ गाउँमा सामुदायिक प्रहरी अभियान शुक्रबारदेखि खलंगामा औपचारिक कार्यक्रमको आयोजना गरि सुभारम्भ गरिएको छ । समुदाय र प्रहरी बिचको सुमधुर सम्बन्ध कायम गर्नका लागि टोल–टोलमा प्रहरी अभियान सञ्चालन गरिएको हो ।
गृह मन्त्रालयको निदेर्शनमा प्रहरी प्रधान कार्यालयको देश ब्यापी कार्यक्रम अनुसार टोल–टोलमा प्रहरी अभियान सञ्चालन गरिएको हो । आज देखि औपचारिक रुपमा सुरु गरिएको टोल–टोलमा प्रहरी अभियान असार २५ गतेसम्म संचालन हुने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक रबिन्द्र बहादुर सिंहले जानकारी दिए  ।

गाउँ गाउँमा प्रहरी अभियान अबधिमा जिल्लाका विभिन्न ठाउँ सडक तथा ट्राफिक नियम, वातावरण संरक्षण, घरेलु हिंसा मानव बेचबिखन तथा ओसारपसार, धुम्रपान र मद्यपान, सामाजिक अपराध, साईवर अपराध, बालबिबाह, छाउपडी, बाढी पैरो, आगलागी तथा अपराध रोकथाममा केन्द्रित रहेर जनचेतनामुलक बिद्यालय सम्पर्क कार्यक्रम सञ्चालन गरिने प्रहरी नायव उपरिक्षक सिंहले जानकारी दिए । त्यसैगरि गाउँ –टोलमा प्रहरी अभियानमा नेपाल प्रहरीले अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गर्नुको साथै जानकारी मुलक पर्चा, पम्पलेट बितरण गर्ने पनि जिल्ला प्रहरी प्रमुख सिंहकाे भनाइ रहेकाे थियो ।


त्यसैगरि अभियानकै अबधिमा घटित घटना तथा अपराध अनुसन्धानमा सहयोग, घटनास्थल सुरक्षा र आकस्मिक सहयोग समन्वय र उद्दार, फरार अपराधी तथा अपराधिक व्यक्तिहरु र उनीहरुको बासस्थानको पहिचान, पिडितहरु संरक्षण, उद्दार र सहयोग, साक्षीहरुको वास्तविक अबस्थाको जानकारी, समन्वय संरक्षण, दुर्घटना तथा प्रकोप उद्दार व्यवस्थापनमा केन्द्रित रहदै जानकारी आदान प्रदान तथा सुचना संकलन गरिने पनि उनले जानकारी दिए ।
अभियानमा शान्ति सुरक्षामा सहयोग र सहकार्य अभिबृद्धीका लागी टोलका घरहरुमा पुगि सुरक्षाका बिषयमा सुरझाव सल्लाह आदानप्रदान, गस्ती तथा बस्ती भेटघाट कार्यक्रम एवं स्वयमसेवक परिचालन गरिने प्रहरीले जनाएको छ । अभियान अबधीमा सामाजिक कार्यका रुपमा सरसफाई गर्ने कामलाई पनि संगै जोडेर लैजाने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।


ताजा समाचार