Loading... आजः शनिबार, कार्तिक ६, २०७८

उप–मेयर छात्रा क्रिकेट प्रतियोगिता सेमिफाईनल चरणका खेलहरु भोली हुने

बाँके । कोहलपुरमा जारी प्रथम मा.वि. स्तरीय उपमेयर छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाईनल चरणका खेलहरु भोली (शनिबार) हुने भएका छन ।

शुक्रबार सेमिफाईनल चरणका खेलहरु हुने भनिएपनि वर्षाका कारण खेल प्रभावित भएपछि मिति परिवर्तन गरिएको हो । यसअघि असार ३ गते प्रतियोगिता समापन गर्ने गरी खेल तालिका सार्वजनिक गरिएको थयो । यद्यपी मौसममा आएको खराबीका कारण १ गते हुने भनिएको सेमिफाईनलका खेलहरु भोली (शनिबार) २ गते संचालन हुने भएका छन । नगरभित्रका १२ टिमले सहभागीता जनाएको प्रतियोगितामा ४ वटा टिम सेमिफाईनल चरणमा प्रवेश गरेका छन ।

आ–आफ्नाे समुह बिजेता हुँदै जनज्योती, त्रिभुवन मा.वि, सगरमाथा मा.वि र साईनिङ स्टारले सेमिफाईनल यात्रा तय गरेका हुन । भोली हुने पहिलो सेमिफाईनल खेलमा जनज्योती र साईनिङ स्टार प्रतिस्प्रर्धा गर्ने छन भने सगरमाथा र त्रिभुवन मा.वि. ले पनि फाईनल चरण प्रवेशकालागि प्रतिस्प्रर्धा गर्ने प्रतियोगिताको ब्यवस्थापन गर्दै आएको मध्यपश्चिम क्रिकेट क्लबले जनाएको छ ।

प्रतियोगिताको फाईनल खेल असार ३ गते खेलाईने भएको छ ।


ताजा समाचार