Loading... आजः शुक्रबार, फाल्गुन १४, २०७७
Trending

राजपत्र प्रकाशन गर्ने जिल्लामै पहिलो : भेरी नगरपालिका


जाजरकोट । भेरी नगरपालिकाले जनप्रतिनिधी निर्वाचित भएको एक बर्ष पछि जिल्लामै सवैभन्दा पहिले राजपत्र प्रकाशनमा ल्याएको छ । नेपाल सरकारले कानुनहरु राजपत्रमा प्रकासन गरि लागु गर्ने गरिएकोमा नेपालको संविधान २०७२ ले संघिय शासन प्रणाली अनुसार आफैले कानुन बनाई राजपत्रमा प्रकाशन गरेर लागु गर्न सक्ने अधिकार दिएपछि भेरी नगरले ६ ओटा कानुन भेरी राजपत्रमा प्रकाशन गरेको हो ।

निर्वाचित भएको एक बर्षमा ८ ओटा ऐन बनाएको नगरले ६ ओटा ऐन राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको नगरप्रमुख चन्द्र प्रकाश घर्तीले बताए ।
भेरीले स्थानिय शासन संचालन ऐन २०७४ र प्रशासनिक कार्यविधि ऐन २०७४ अनुसार स्थानिय शिक्षा ऐन २०७४, कृषि ब्यवसाय ऐन २०७४, स्थानिय स्वास्थ्य तथा सरसफाई ऐन २०७४, सहकारी ऐन २०७४, न्यायिक कार्यविधि सम्बन्धि ऐन २०७४ र स्थानिय तहको प्रशासनिक कार्यविधि ऐन २०७४ भेरी राजपत्रमा प्रकाशन गरिएको छ ।

आर्थिक ऐन र विनियोजन ऐन २०७४ नगर सभाबाट पारित भएपनि राजपत्रमा प्रकाशन हुन बाँकी छ । नगरपालिकाले एक बर्षको अवधिमा १५ ओटा नियमावली, कार्यविधि र निर्देशिका पारित गरेको नगरप्रमुख घर्तीले जानकारी दिए । प्रदेश सरकारले बनाउनु पर्ने केही कानुन बन्न नसक्दा स्थानिय सरकारलाई पनि कानुन बनाउन बाधा परेको उनले बताए ।

प्रदेश कानुन, संघिय कानुन र संविधान सँग नबाझिने गरी कानुन बनाउने अधिकार स्थानिय तहलाई भएकोले कतिपय कानुन संघिय र प्रदेश संसदले बनाउन ढिलाई गर्दा समस्या परेको उनको भनाई छ । जिल्लाका सात तह मध्य भेरीले मात्र राजपत्र प्रकाशन गरेको हो । कर्णाली प्रदेशमा राजपत्र प्रकाशनमा ल्याउने पाँचौ नगरपालिका हो ।


ताजा समाचार