Loading... आजः शनिबार, कार्तिक ८, २०७७

संसदीय मामिला पत्रकार समाज समिति गठन

 

सुर्खेत, १ असार । कर्णालीको राजधानी वीरेन्द्रनगरमा शुक्रबार संसदीय मामिला पत्रकार समाजको तदर्थ समिति गठन गरिएको छ । कर्णाली प्रदेशसभामा समाचार संकलनका लागि जाने पत्रकारहरुको भेलाले शेरबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । भेलाको अध्यक्षता नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका पुर्व अध्यक्ष श्रीधर पौड्यालले गरेका थिए ।

समितिका सदस्यहरुमा देव बहादुर राना, सुर्वण बहादुर शाही, डिलप्रसाद शर्मा, दिपकजंग शाही, सीता वली, यज्ञ खत्री, नविन बहादुर शाही, सविता जिसी, मुना हमाल र पूर्णबहादुर खड्का रहेका छन् । समितिले संसदीय रिपोर्टिङ गर्ने पत्रकारको क्षमता अभिवृद्धिका कार्यहरु गर्ने संयोजक थापाले जानकारी दिए ।


ताजा समाचार