Loading... आजः बुधबार, कार्तिक ५, २०७७

सिंह परिवारलाइ बिमा रकम हस्तान्तरण


जाजरकोट १७ जेठ । कुशे गाउँपालिका ५ की भगवति सिंहलाइ सुर्यलाइफ इन्सोरेन्स कम्पनीले बिमा रकम हस्तान्तरण गरेको छ । बिमित भगवति सिंहका श्रीमान मान बहादुरको दुर्घनामा परी मृत्यु भएपछि कम्पनीले बिमा रकम हस्तान्तरण गरेको हो ।

मृतक सिंहले तीन बर्षपहिले कम्पनीमा सुर्या संरक्षित साबधिक जीवन बीमा योजना अन्तर्गत बिमा गरेका थिए । रु १ लाखको १५ बर्षिय जीवन बिमा गरेको सिंहको गत असारमा भिरबाट लडेर मृत्यु भएको थियो ।

तीन किस्ता प्रिमियम रकम २१ हजार ३ सय ८५ बुझाएका सिंहको मृत्युपछि श्रीमति भगवतीलाई २ लाख ८ हजार रकम हस्तान्तरण गरिएको कम्पनीका जाजरकोट शाखा प्रमुख सरस्वती गिरीले बताइन । मृतक सिंहका श्रीमति भगवतिलाई कम्पनीको शाखा कार्यालय जाजरकोटमा बिमा रकमको चेक हस्तान्तरण गरिएको हो ।

रकम प्राप्त गरे पछि भगतिले श्रीमानले समयमा बिमा गरेकोले आफुलाइ पिडाको घाउमा मलम लगाउने काम कम्पनीले गरेको बताइन । जीवनको कुनै भरोसा हुदैन सबैले बिमा गरे दुःखको बेला आश्रित परिवारले राहत पाउने अबसर आउदो रहिछ उनले भनिन । सुर्या लाइफ कम्पनी अन्तर्गत जाजरकोट शाखामा ३ हजार बढिले बिमा गरेको र ३ सय ५० जना एजेन्ट रहेको कम्पनीले जनाएको छ ।


ताजा समाचार