Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

जाजरकोट जिल्लाम पनि होजियारी उद्योग सञ्चालन

जाजरकोट ,१४ जेठ।जाजरकोटकाे भेरी नगरपालिका माथिल्लो थाप्लेे निवासी सारदा हमालले हाेजियारि उद्योग सञ्चाजन गरेकि छन ।

घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय, जाजरकोटमा २०७१ सालमा दर्ता गरिएको सारदा होजियारी उद्योग भेनपा–३ खलंगामा हाल उनी कपडा बुन्नलाई दुई वटा मेसिन सञ्चालनमा ल्याईएको सञ्चालक हमालले जानकारी दिईन । साथमा उनी कपडा सिलाउनलाई सिलाई मेसिन र ईन्टरलग मेसिन पनि उद्योगमा रहेको छ हमालले भनिन्–‘मैले मात्र हैन, आम महिला दिदीबैनीलाई उद्योगमुखी ब्यबसायमा लाग्न प्रेरित गर्नका लागि घरेलु तथा साना उद्योग विकास समिति–शाखा कार्यालय जाजरकोटसंग अनुरोध गरेर मेरै उद्योग मार्फत तीन महिने होजियारी तालिम सञ्चालन गरेकि छु,, तालिममा १० जना महिला सहभागी हुनुहुन्छ, तालिम सकिए लगतै सहभागी सबै महिलालाई मेरै उद्योगमा रोजगारी दिने सोचेकी छु ।

 

उक्त तालिमको प्रशिक्षक प्युठानकी तेजा पौडेल रहेकी छन् । तालिममा घरेलु तथा साना उद्योग विकास समिति–शाखा कार्यालय जाजरकोटले प्रशिक्षक भत्ता, ४० केलो उनी धागो र तालिमका सहभागीहरुलाई खाजाको ब्यबस्था गरेको छ भने, अन्य बुनाई तथा सिलाई मेसिनको ब्यबस्था सारदा होजियारी उद्योगले गरेको छ ।


ताजा समाचार