Loading... आजः शनिबार, अशोज २, २०७८

उत्पादन गर्नुस्, बजार हामी खोज्छौंः मुख्यमन्त्री शाही


सुर्खेत, १४ जेठ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीमा  लघु तथा घरेलु  उद्योगहरु  बाट उत्पादन गरिएकाे बस्तु बजार नपाए बजार खाेजने जिम्मेवारी अाफनाे भएको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा उद्योग तथा उद्यमशीलता विकास र लघु उद्यम विकास मोडल सम्वन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले अहिले प्रदेशमा उद्योगहरुको अवस्था शुन्य रहेको बताए । उनले उद्योगको पर्याप्त विकास गर्न सकेमात्रै जनताले रोजगारी पाउने र त्यसले कर्णालीको आर्थिक अवस्थालाई बलियो बनाउने उल्लेख गरे ।

कर्णाली प्रदेशमा हरेक क्षेत्रमा सम्भावना भएको उनको भनाइ छ । ‘कृषि, पर्यटन, वन, उद्योग जस्ता अपार सम्भावनाले भरिपूर्ण प्रदेश कर्णाली हो ।’उनले भने, प्राकृतिक स्रोतहरुलाई उपयोग गर्दै आत्म निर्भर कर्णाली बनाउन उद्यमीहरुको साथ आवश्यक छ ।

मुख्यमन्त्री शाहीले वर्तमान समयमा लघु उद्यमीका समस्या धेरै रहेको बताए । तर ती समस्याहरुलाई समाधानका लागि कर्णाली सरकार तदारुकताका साथ लागिपर्ने उनको भनाइ छ ।

‘तपाईहरु उत्पादन गर्नुस्’ उनले भने,‘ तपाइका उत्पादन बजारीकरणका लागि प्रदेश सरकारले पहल गर्नेछ । बजारको चिन्तै नमान्नुस ।’ मुख्यमन्त्री शाहीले उद्यमीद्धारा उत्पादित सामाग्रीलाई हरेक गाँउ तथा नगरमा बजारीकरण गरिनुका साथै नेपालगञ्ज, काठमाडौंमा समेत बजारीकमरण गर्ने व्यवस्था मिलाईने बताए ।

मुख्यमन्त्री शाहीले सरकारले सैभन्दा बढी प्राथमिकता सडक निर्माण र विजुलीलाई दिने बताए । ‘भौगोलिक विकटतालाई अवसरमा बदल्न सडक बनाउन जरुरी छ ।’ उनले भने, ‘उद्योगधन्दा खोल्न विद्युत आवश्यक छ । यी दुवै मुख्य प्राथमिकता विषय हुन ।’ कर्णालीको विकासकालागि सरकारले उत्तरतीरका तीन ओटा नाका खोल्न केन्द्र सरकारसँ आग्रह गरेको र केन्द्रले चीन सरकारसँग कुराकानी अघि बढाईरहेको बताए ।

‘अहिले तीनै तहका सरकारहरु नीति र कानून निर्माणमा व्यस्त छन । तरपनि सोचेजति काम गर्न सकिएको छैन ।’ मुख्यमन्त्री शाहीले भने, संघीय सरकारले समयमै कानून नबनाईदिँदा प्रदेश र स्थानीय सरकारलाई काम गर्न असहज भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सरकारले साना उद्यमीलाई व्यवसार्य प्रवृद्धनका लागि आवश्यक सहयोग गर्ने बताए । उनले सकेसम्म उद्यमलाई विकास गरी जनतालाई रोजगारी दिन व्यवसायीलाई आग्रह समेत गरे । ‘सरकार यहाँहरुलाई आवश्यक पर्ने नीति नियमहरु बनाउन तयार छ ।’ उनले भने, ‘तर तपाईहरुले समृद्ध कर्णाली बनाउने सरकारको योजनालाई साथ दिदैं अघि बढन जरुरी हुनेछ ।’

मुख्यमन्त्रीलाई उद्यमीको ज्ञापन पत्र

यसैबीच, कार्यक्रममा उद्योग मन्त्री मार्फत मुख्यमन्त्रीलाई राष्ट्रिय लघु उद्यमी महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष कविराज खत्रीले १२ बुंदे ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमालघु उद्यम कार्यक्रमका लागि बजेटको व्यवस्था गरिनुपर्ने, उद्यमीहरुको दर्ता निःशुल्क गर्नुपर्ने, पाँच वर्षसम्म आयकरमा पूर्ण छुट दिनुपर्ने, लघु उद्यमी महासंघलाई सरकारको अभिन्न अंग बनाइनुपर्ने, हरेक गाँउ तथा नगरमा एक ओटा औधोगिक ग्राम स्थापना गरिनुपर्नेजस्ता मागहरु रहेका छन् ।


ताजा समाचार