Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

विवाद गर्दैमा सबै समस्या समाधान नहुने प्रमुख रावलकाे भनाइ

 

जाजरकोट ,१४जेठ । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मन बहादुर रावलले विवाद गर्दैमा सबै समस्या समाधान नहुने बताएका छन । जुनिचाँदे गाउँपालिकाकाे समग्र बिकाश निर्माणका लागि सबै जनप्रतिनिधिहरु सहमति र सहकार्यकाे अावश्यकता रहेको समेत प्रमुख रावलले बताए । गाउँपालिकाकाे केन्द्र राख्ने बिषयमा विभिन्न, अालाेचना गर्दै अाअाफनाे अडानमा रहनु जुनिचाँदे लाई दुर्घटना तिर तानिभएको बताए । अाईतवार जुनिचाँदे गाउँपालिकाकाे दाेस्राे बिधान सभा लाई उद्घाटन गर्न जुनिचाँदेकाे लुहादह पुग्नु भएको प्रमुख रावलले यस्तो बताएका हुन ।

जुनिचाँदे गाउँपालिका बहुमुल्य पथर खानि मजकाेट खाेला जलविद्युत अायाेजना विभिन्न जडिबुटी तथा पर्यटनको प्रवल सम्भावना बाेकेकाे हुदा यहाका हजारौं युवा लाई राेजगार दिन सक्ने समेत प्रमुख रावलकाे भनाइ रहेको छ । जनप्रतिनिधि हरु छताछुल्ल भएको पानी जस्तै भएको ले सबैलाई छलफल प्रक्रिया बाट सहमति गर्न समेत अाग्रह गरे ।

उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीका अनुसार जुनिचाँदे गाउँपालिका भित्र विभिन्न बिकास निर्माणका कामहरुले गति लिएकाे ले सबै जनप्रतिनिधिहरुलाइ सबै कामकाे निग्रानि गर्न अाग्रह गरे । गाउँपालिकाकाे केन्द्र गत बैशाख ३१ गते बसेकाे बिशेष गाउँ सभाले बहुमतले पारित गरिसकेकोले याे बिषयमा कुनै अनावश्यक हल्ला नगर्न अाग्रह गरे ।

गाउँपालिका लुहादह बहुमतले पारित भएकोले अागामि दिनमा गाउँपालिकाका सम्पूर्ण कामकाज लुहादह बाट सञ्चालन ल्याउने समेत अध्यक्ष केसीले जानकारी दिए।सञ्चालन गाउँ सभाम बिशेष ८ अाेटा कार्य बिधि पारित गरेकाे समेत  गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए । साथै दाेस्राे बिधान सभाले शिक्षा एेन २०७५शिक्षा नियमावली २०७५गाउँ शिक्षा सञ्चालन तथा ब्यबस्थापन कार्य बिधि २०७५ सामुदायिक संस्था परिचालन तथा ब्यबस्थापन कार्य बिधि २०७५ सार्वजनिक परिक्षण कार्य विधि २०७५ अायाेजना ब्यबस्थापन कार्य विधि २०७५ किनबेच ब्यबस्थापन कार्य बिधि २०७५ लगाएतका कार्य विधि बहुमतले पारित गरेको समेत अध्यक्ष केसीले जानकारि दिए ।

जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीको अध्यक्ष्ाता तथा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मन बहादुर रावलकाे प्रमुख अथितिमा सञ्चालन भएको हाे ।

सभामा जुनिचाँदे गाउँपालिकाका वडा न १/ ४/५/६/७/८/१०/११/ का जनप्रतिनिधि हरुकाे उपस्थिति रहेकाे थियो । पानसमा बत्ति बाल्नुका साथै रिभन काटेर उक्त गाउँ सभाको उद्घाटन जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख मनबहादुर रावलले गरेका थिए । सभा सफलताको लागि नेकपा नेता ढकबिर राना लगाएतका जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।


ताजा समाचार