Loading... आजः आइतवार, कार्तिक १६, २०७७

जाजरकोटमा लागू औषध चरेश सहित एकजना पक्राउ


जाजरकोट । तीन किलो चरेस सहित जाजरकोट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सादा पोसाकमा खटिएका प्रहरीले सिम्ता गाउँपालिका-३, सुर्खेतका राजु कामिलाई पक्राउ गरेको हो । प्रहरीले शिवालय गाउँपालिका-१ बाट तीन किलो दुई सय ग्राम लागू औसध चरेस सहित बिकलाई पक्राउ गरिएको डिएसपी रबिद्र बहादुर सिहले जानकारी दिए ।

आइतबार राती भे ५ प ७५४० नम्बरको मोटरसाइकलमा जिरा मसिनो चामलको बोहरा भित्र लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरिएको डिएसपी सिंहले जनाए । जाजरकोटमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर लागू औसधि नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको केही दिनमै डिएसपी सिंहले चरेस सहित पक्राउ गरेका हुन ।

चरेस तथा मोटरसाइकल सहित पक्राउ परेका कामिलाई जिल्ला अदालत जाजरकोट बाट औसध नियन्त्रण ऐन २०३३ अनुसार कसुरमा म्याद थप गरि थप अनुसन्धान भैरहेक प्रहरीले जनाएको छ ।


ताजा समाचार