आइपिएलमा कसले कति रूपैयाँ पुरस्कार पाए
११औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) उपाधि चेन्नई सुपर किङ्सले जितेको छ। सनराइजर्स हैदराबादलाई आइतबार ८ विकेटले हराउँदै चेन्नई तेस्रो पटक च्याम्पियन बनेको हो।
१ सय ७९ रनको लक्ष्य पछ्याएको चेन्नईले सेन वाट्सनको अविजित शतकसँगै चेन्नाईले १८.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो।
वाट्सनले ५७ अबल खेल्दै ११ चौका र ८ छक्काको मद्दतमा १ सय १७ रनको महत्वपूर्ण योगदान गरेका थिए । यो सिजन वाट्सनको यो दोस्रो शतक हो। रैनाले ३४ बलमा ३ चौका र १ छक्कासहित ३२ रन जोडे । अम्बाटी रायडु १६ रनमा अविजित रहँदा अर्का ओपनर फा डु प्लिसिसले १० रन बनाएका थिए। हैदराबादका लागि सन्दीप शर्मा र कालोर्सस बर्थवाइटले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले नियमित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको थियो।
कसले कुन अवार्ड पायो
विजेता- चेन्नई सुपर किङ्स- ४१ करोड २८ लाख रूपैयाँ
उपविजेता- सनराइज हैदारावाद- २० करोड ६४ लाख रूपैयाँ
तेस्रो- कोलकोत्ता नाइट राइडर्स- १० करोड २४ लाख रूपैयाँ
चौथो- राजस्थान रोयल्स- १० करोड २४ लाख रूपैयाँ
ओरेन्ज क्याप- केन विलियम्सन (७३५ रन)- १६ लाख रूपैयाँ
पर्पल क्याप- एन्ड्रु टाय (२४ विकेट)- १६ लाख रूपैयाँ
सर्वाधिक छक्का- रिसब पन्त (३७)- १ लाख ६० हजार रूपैयाँ
इमर्जिङ प्लेयर- रिसब पन्त १६ लाख रूपैयाँ
उत्कृष्ट क्याच- ट्रेन्ट बोल्ट- १६ लाख रूपैयाँ
भ्यालुएवल प्लेयर- सुनिल नाराने-१६ लाख रूपैयाँ
आइपिएल फेयर प्ले अवार्ड- मुम्बई इन्डियन्स- १० लाख रूपैयाँ
प्लेयर अफ दी टुर्नामेन्ट- सुनिल नाराने
सर्वाधिक रन- केन विलियम्स
सर्वाधिक रन – रिसब पन्त (१२८)
स्टाइलिस प्लेयर अफ द सिजन- रिसब पन्त- १ लाख ६० हजार रूपैयाँ
सर्वाधिक डट बलिङ रासिद खान (१५८)