Loading... आजः शनिबार, कार्तिक ८, २०७७

प्रशासकीय केन्द्र तोक्न नदिन जनप्रतिनिधी नियन्त्रणकाे बिषय अनावश्यक हल्ला भएको अध्यक्ष केसीको  भनाइ

जाजरकोट  । जुनिचाँदे गाउँपालिकाको दोस्रो बिधान सभाको वैठकमा सहभागि हुँन नदिन जनप्रतिनिधीको अपहरण भएको सामाजिक सञ्जालमा फलायकाे कुरा बास्तबिकता नभएर हल्ला भएको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जानकारी दिए ।

शनिबार राती ११ वजे जुनिचाँदे गाउँपालिका वडा २ का बीरवहादुर पुरीको नेृत्वमा १५ जना भन्दा वढीको टोलीले बडा नं २ कै वडा सदस्य पानसरा बस्नेत, सितला नेपाली र भक्तबहादुर बस्नेत लाई अपहरण गरेको सामाजिक सञ्जालमा लेखिएको कुरामा अनावश्यक जनता तर्साउने काम गरेको र यस्ता अनावश्यक हल्ला नगर्न समेत अध्यक्ष केसीले अाग्रह गरे ।
केही जनप्रतिनिधि हरुलाई भड्काउन गरिएको भ्रम प्रति नलाग्न सम्पूर्ण अाग्रह गरेकाछन । अनावश्यक हल्ला चलाएर जनप्रतिनिधि हरुलाई धम्की दिने जाेकाेहिलाई नछाड्ने अध्यक्ष केसीले प्रतिबद्धता ब्यक्त गरे ।

सामाजिक सञ्जालको अर्थ ख्याल नगरि जनता भड्किने जाेकाेहिलाई अाम माफि दिन नसक्ने भन्दै अध्यक्ष केसीले यस्तो काम बन्द गर्न अप्रिल गरे।गरे उता जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक  रविन्द्रवहादुर सिंहका अनुसार अपहरणमा परेकाे जानकारी प्राप्त भए लगत्तै नेपाल प्रहरी ससत्र प्रहरीको टाेलि  परिचालन गरिएको  थप जानकारी लिदा अाफनाे मुल एजेन्डा माथि छलफल गर्न लागेको प्रहरीले भेटाएकाे सिंहले जानकारी दिए ।  हाल जुनिचाँदेमा सुरक्षा कर्मि परिचालन गरिसकेकोले कुनै जनप्रतिनिधि हरुले असुरक्षित महसुस नगर्न समेत संहले अाग्रह गरे । वैठक स्थलमा ५० भन्दा वढी शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको उहाँले बताए । जुनिचाँदे गाउँपालिकामा प्रशाषकीय केन्द्रको विषयमा विवाद छ ।


ताजा समाचार