Loading... आजः शुक्रबार, अशोज १, २०७८

कुशे गाँउपालिका विरुद्ध सशस्त्र प्रहरी बलको १३ गोल

जाजरकोट । शुक्रबारबाट जाजरकोटमा शुरु भएको सर्वाधिक राशिको फुटबल प्रतियोगिताको शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको (ए पि एफ)ले कुशे गाँउपालिका विरुद्ध १३–० को गोल गर्दै विजयी बनेको छ ।

खलंगास्थित त्रिभुवन माविको खेल मैदानमा भएको खेलको मध्यान्तरको समयसम्ममा एपिएफ ले ६ गोल लगाएको थियो । मध्यान्तरपछि एपिएफ ले ७ थपी १३ गोल पुर्याएको थियो । एपिएफ को आक्रामक खेलमा कुशेको कुनै जोर चलेन । खेलमा एपिएफको अधिकांश प्रहार गोलमा परिणत भएको थियो ।

यसैगरी शनिबार नै भएको तेस्रो खेलमा खलंगा फुटबल क्लब जाजरकोटले नलगाड फुटबल क्लबलाई २-१ ले पराजित गरी दोस्रो चरणमा प्रबेश गरेको छ ।

यसअघि पहिलो खेलमा जनकल्याण सल्लीबजारले चौरजहारी नगरपालीकालाई टाइब्रेकरमा ५-४ गोलअन्तरले पराजीत गरेको थियो ।

गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ भने प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमशः १ लाख ५० हजार र १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।


ताजा समाचार