Loading... आजः बुधबार, कार्तिक ५, २०७७

जनकल्याण फुटबल क्लब सल्लीबजारद्धारा चौरजहारी नगरपालीका पराजीत

जाजरकोट । जाजरकोटमा शुक्रबारबाट शुरु भएको खुल्ला फुटबल प्रतियोगिताको पहिलो खेलमा जनकल्याण फुटबल क्लब सल्लीबजार विजयी भएको छ।

त्रिभुवन माविको खेल मैदानमा संचालीत तथा जिल्ला खेलकुद विकास समिति जाजरकोटको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा जनकल्याणले चौरजहारी नगरपालीकालाई टाइब्रेकरमा ५-४ गोलअन्तरले पराजीत गरेको हो ।

एकदमै रोमान्चक खेलमा निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा जनकल्याणले बाजी मारेको हो । पेनाल्टी सुटआउटमा जनकल्याणका पाँच जना सबैले गोल गरे तर चौरजहारीको एउटा प्रहार जनकल्याणका गोलरक्षकले बचाउ गरेका थिए ।

पहिलो हाफमा जनकल्याणको तर्फबाट नवराज गुरुङले २३ औं मिनेटमा गोल गरेका थिए । तर ५३ मिनेटमा चौरजहारीका सागर आचार्यले गोल गरेपछि खेल बराबरीमा टुङ्गीएको थियो ।

गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा ९ टिमको सहभागिता रहेको छ भने प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमशः १ लाख ५० हजार र १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।


ताजा समाचार