Loading... आजः बिहिबार, कार्तिक ११, २०७८

जाजरकोटमा ठुलो धनराशीको फुटबल प्रतियोगिता सुरु

जाजरकोट । जाजरकोट स्थित त्रिभुवन माविको खेल मैदानमा शुक्रबारबाट खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ।

जिल्ला खेलकुद विकास समिति जाजरकोटको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करवीर शाहीले पानसमा बत्ति बालेर तथा ब्यानर पढेर गरेका थिए ।

उद्घाटन गर्दै शाहीले जाजरकोटमा यती ठुलो प्रतीयोगीता हुनु सकारात्मक भएको र खेलकुद विकासमा टेवा पुग्ने बताए । साथै खेलाडीलाई अनुशासित र मर्यादित भएर खेल प्रदर्शन गर्न आग्रह गरे।

उक्त उद्घाटन कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुखहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबार भएको मैत्रीपुर्ण उद्घाटन खेलमा सशस्त्र प्रहरी बल ए.पी.एफले खलंगा फुटबल क्लबलाई २-० गोल अन्तरले पराजित गरेको छ। गणतन्त्र दिवसको उपलक्ष्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा ९ टिमको सहभागिता छ।

प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहले क्रमशः १ लाख ५० हजार र १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।


ताजा समाचार