Loading... आजः बुधबार, कार्तिक १२, २०७७

१६ सय ८ जनाको निशुल्क स्वास्थ्य परिक्षण ।

जाजरकोट ,११ जेठ । जाजरकोटकाे  छेडागाड नगरपालिकाम १६ सय ८ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । मेडिकल कलेज काेहलपुरकाे प्राबिधिक सहयोग छेडागाड नगरपालिकाकाे अायाेजनाम १६ सय ८ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छेडागाड नगरपालिकाका प्रभक्ता गणेश जैसीले जानकारी दिए । दुर्गम बस्तिहरुमा हाल स्वास्थ्य सेवाकाे पहुँच भन्दा बाहिर रहेका नगरबासिहरुलाई अाफनाे घरदैलोमा नैं शिविरको अायाेजना गरिएको प्रभक्ता जैसीले बताए।

पूर्व जिल्ला बिकास समितिका उपसभापति कृष्णबहादुर बिसि काे बिशेष पहलमा जेठ ७ देखि ९ गते सम्म शिविरको अायाेजना गरिएकाे छेडागाड नगरपालिकाले जानकारी दिएकाे छ । सामाजिक ईकाई फाेकल प्रसंग प्रमुख अबदुल भुषेल खा काे नेतृत्वमा खटिएकाे स्वास्थ्यकर्मीहरुकाे टिमले उक्त संख्यामा परिक्षण गरेको थियो ।

साथै स्वास्थ्य परिक्षण पछि केही बिरामिलाई ५०% छुट गर्ने गरि मेडिकल कलेज काेहलपुर रिफर गरिएको सामाजिक ईकाई फाेकल प्रसंग प्रमुख अबदुल खा ले जानकारी दिए । उता छेडागाड नगरपालिकाका नगर प्रमुख लालबहादुर महतारा का अनुसार दैनिक माैसम परिवर्तन ले जाजरकोट जिल्लामा धेरै राेग भाेगले जनधनको ठुलो क्षति बेहोर्नु पर्ने बाध्यता लाई अन्त गर्नका लागि शिविरको अायाेजना गरिएको प्रमुख महतारा बताए ।

हिजो स्थानीय तहको निर्वाचनमा समृद्ध छेडागाड राेगभाेग काे अन्तय गर्ने जनता संग गरिएको प्रतिबद्धता अनुरुप नगरपालिका बाट कामकाज अगाडि बढिरहेको समेत नगर प्रमुख महताराले जानकारी दिए। साथै शिविर छेनपा ना.सु देब बहादुर बुढा र स्वास्थ्य संयोजक बालकृष्ण बुढा ले अबिर खादा लगाएर सम्मान गरेका थिए ।


ताजा समाचार