Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

अख्तियारी प्राप्त नहुदा शिक्षाका कामकाज प्रभावित

राजेन्द्र कार्की जाजरकोट ,१० जेठ । जिल्ला शिक्षा कार्यालयहरु खारेज भएको लामो समयसम्म पनि वजेटको अख्तियारी नआउदा शिक्षाका कामकाज प्रभावित भएका छन । समयमा अख्तियारी नआउदा जाजरकोट सहित देशैभरका विद्यालयमा संचालित शैक्षिक कार्यक्रमहरु समेत प्रभावित भएका छन । स्थानिय सरकार संचालन ऐन २०७४ अनुसार २०७४ चैत्र २८ गते पछि जिल्ला शिक्षा कार्यालयहरु शिक्षा विकास तथा समन्वय इकाईमा परिणत भएपछि साविकका जिल्ला शिक्षा कार्यालयहरुवाट संचालन भइरहेका आ.व. ०७४।०७५ का कार्यक्रमहरु अख्तियारी नहुदा प्रभावित भएका हुन ।

रकम निकासा नहुँदा विद्यालय भवनको काम अघि बढाउन समस्या भएको भेरी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद सहनीले बताए । कार्यालयमा धाउँन थालेको महिना दिन भैसक्यो तर, अहिलेसम्म अख्तियारी आएको छैन भन्दै झुलाउने काम भएको छ उनले भने ।

विद्यालयका भौतिक निमार्णका कार्यक्रमहरु विद्यालयले निमार्ण गरिरहेको अवस्थामा किस्तागत रुपमा जाने रकमको निकासा दिने अख्तियारी शिक्षा विकास तथा समन्वय इकाईलाई नहुदा विद्यालयको भौतिक निर्माण तथा अन्य शैक्षिक कार्यक्रमहरु प्रभावित भएका छन ।

समयमा निकाशा नहुदा जिल्ला भरिको काम रोकिएको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख ललितविक्रम सिंहले वताए । “समयमा निकाशा नहुँदा भौतिक पुर्वाधारका काममा संलग्न कामदारले समयमा ज्याला पाएका छैनन, समाग्री खरिदमा ढिलाईले समयमा काम सम्पन्न हुन कठिनाइ देखिएको छ । वर्षा शुरु हुन थालेकाले लागत स्टमेट बढ्ने देखिन्छ ।” सिंहले भने–‘समयमा बजेट निकासा नहुँदा सम्झौता अनुसारको काम संचालनमा गर्न कठिनाई भएको छ, विद्यालयबाट निकासाका फाइलहरु आएर कार्यालयमा थन्किएका छन । निकासाहरु कहाँवाट कहिले र कसरी हुने अन्यौल रहेको छ ।’

विद्यालयका प्रधानाध्यापक तथा ब्यवस्थापन समितिका अध्यक्षहरुले अख्तियारी कहिले आउँछ भनेर सोधिरहेका छन तर, हामीले के जवाफ दिने सिहले भने–‘समयमा निकाशा नहुदा जिल्लामा आएको वजेट फ्रिज हुन सक्ने सम्भावना हुन्छ, अख्तियारीका कारण विद्यार्थी भर्ना अभियान, जिल्ला स्तरिय परिक्षा संचालन खर्च, वहुकक्षा शिक्षा अनुदान, नमुना विद्यालय अनुदान, पुस्तकालय अनुदान, मर्मतसम्भार लगाएतका अनुदानहरु रोकिएका छन् ।’

पुरानो जिल्ला शिक्षा कार्यालयहरु शिक्षा विकास तथा समन्वय इकाइमा रुपान्तरण भैसकेकोले रुपान्तरित इकाईमा अख्तियारी दिन नमिल्ने कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटका कोष नियन्त्रक यामबहादुर थापाले बताए । जिल्ला शिक्षा कार्यालयहरु जिल्ला प्रशासनको मातहतमा गइ शिक्षा विकास तथा समन्वय इकाइमा रुपान्तरित भएपछि संघिय शिक्षा मन्त्रालय र शिक्षा विभागले अख्तियारी दिनुपर्नेमा अहिलेसम्म नआएको कोष नियन्त्रक थापाले जानकारी दिए । जाजरकोटमा मात्र अन्तिम चौमासिकको ८ करोड भन्दा बढी रकमको अख्तियारी आउन बाँकी रहेको छ । समयमा अख्तियारी नआउँदा भौतिक पुर्वाधारका कामकाज प्रभावित हुने देखिएको स्थानियको भनाई छ ।


ताजा समाचार