Loading... आजः बिहिबार, भदौ ३१, २०७८

भगवती प्राथमिक विद्यालयका विद्यार्थीहरु धुलोमै बसेर पढ्न बाध्य

जाजरकोट,१०जेठ । जाजरकोटकाे नलगाड नगरपालिका–१३ फुम्दा स्थित भगवती प्राथमिक विद्यालयका विद्यार्थीहरु धुलोमै बसेर पढ्न बाध्य भएका छन् । सम्बन्धित पक्षले विद्यालयमा ध्यान नदिएपछि उक्त विद्यालयका विद्यार्थीहरु धुलोमै बसेर पढ्न बाध्य भएका हुन् ।

भगवती प्राथमिक विद्यालय जिल्लाकै एउटा यस्तो विद्यालय हो जहाँ कक्षाकोठामा विद्यार्थीहरु धुलाम्य भएर पढीरहेका हुन्छन् । विद्यालयका कुनै पनि कक्षा कोठामा टेबुल बेन्च नभएपछि धुलै–धुलो भएको भुईमै बसेर विद्यार्थीहरु पढ्न बाध्य भएका छन् । कक्षा–कोठामा संगैबसेर पढीरहेका विद्यार्थीहरु धुलोका कारण एकले अर्कोलाई चिन्न नसक्ने अबस्थाका बनेका हुन्छन् । धुलोले बेहाल अबस्थामा पढ्न बाध्य भएका त्यस विद्यालयका बिद्यार्थीहरुको अबस्था हालसम्म कसैले बुझेको छैन । शैक्षिक सेवा लिईरहेका बिद्यार्थीहरुका अभिभावक, विद्यालय ब्यबस्थापन समिति, त्यहाँका जनप्रतिनीधि कसैले पति त्यस विद्यालयमा ध्यान दिएको पाईदैन ।

नलगाड नगरपालिका–१३ फुम्दामै २ वटा खानेपानी आयोजना मर्मतमा झण्डै साँढी ८ लाख, साईकुमारी तिर्थस्थल निर्माणमा ३ लाख ८८ हजार र गारेटोबाटो निर्माणमा ४ लाख ९० हजार विनियोजन गर्ने जनप्रतिनीधिले पनि उक्त भगवती प्राथमिक विद्यालयमा धुलाम्य भएर पढीरहेका विद्यार्थीहरुको अबस्थालाई बुझ्न नसकेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भक्त बहादुर सिंहले वताए ।

कक्षा १ देखि कक्षा ५ सम्मको पढाई हुने उक्त बिद्यालयमा बाल शिक्षामा अध्ययनरत बालबालिका २३ जना रहेको विद्यालय प्रअ जयबहादुर नेपालीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार कक्षा १ देखि कक्षा ५ सम्म यसबर्ष पढ्ने विद्यार्थीहरुको संख्या ७१ रहेको छ ।

वडा तथा टोलका योजनाहरु तर्जुमा गर्ने जिम्मा वडा अध्यक्ष लगाएत वडा सदस्यहरुलाई दिदा यस्तो समस्या आएको नलगाड नगरपालिकाले जनाएको छ । आगामी बर्षमा यसो हुन नदिन नगरपालिकाले समयमै ध्यान दिने नलगाड नगरपालिकाको सचिवालयले जनाएको छ ।


ताजा समाचार