Loading... आजः शनिबार, कार्तिक ८, २०७७

गाउँपालिकाकाे केन्द्रकाे विवाद बिषयमा छलफल गर्न १३ गते गाउँ सभा बस्दै । गाँउपालिकाले केन्द्र टुंगो लाग्ने अध्यक्ष केसीको दाबी ।

जाजरकोट ,१० जेठ ।जुनीचाँदे गाँउपालिकाले अहिलेसम्म गाँउपालिकाको प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एक बर्ष विति सक्दा पनि विवादका कारण गाँउपालिकाले केन्द्र तोक्न नसकेको गाउँपालिकाकाे सेन्टर टुंगो लाग्ने भएको छ ।

अध्यक्ष कृष्णबहादुर केसी लगाएत केही जनप्रतिनिधि हरुले सबै जनताहरुकाे अावतजावतमा सहजका लागि  जुनीचाँदेको लुवादहमा केन्द्र बनाउन अाफ्ना अडान गरे पनि बहुमत नपुगेपछि उनको प्रस्ताव पारित हुन सकेको छैन । उपाध्यक्ष शिवा आचार्य लगायतका पक्षले भने, जुनीचाँदे सानाखाेला  केन्द्र राख्न अडानमा थिईन तर हाल अाएर दुई पक्ष्य गाउँपालिकाकाे केन्द्र टुंगो लगाउने भनेर जेठ १३ गते बैठक अावहान गरिए प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर शाहीले जानकारी दिए । तत्कालिन माओवादी केन्द्रबाट बिजय भएका  अध्यक्ष र उपाध्यक्ष समेत केन्द्र तोक्ने विषयमा विभाजित भएपछि निर्णय गर्न समस्या भएकाे केन्द्र १३ गते नैं टुंगो लाग्ने जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए ।अध्यक्ष केसीका अनुसार बाहिर फिजाएकाे हल्ला भन्दा गाउँपालिकाकाे बिषयमा अाफु र उपाध्यक्ष बिच तेस्ताे विवाद नभएको अागामि १३ गति जुनिचाँदे गाउँपालिकाका सबै जनतालाई पाएक पर्ने गरि गाउँपालिकाकाे टुंगो लगाउने समेत जानकारि दिए ।

निर्वाचन भएको ६ महिना भित्र सामान्य बहुमतले केन्द्र तोक्ने निर्णय गर्न सकिने प्रावधान थियो तर, ६ महिना वितिसकेपछि दुईतिहाई बहुमतले निर्णय गर्नु पर्ने प्राबधान रहेको छ । गत कार्तिक अगाबै सामान्य बहुमतले गाँउपालिकाको केन्द्रका विषयमा निर्णय गर्न खोज्दा संघिय प्रतिनिधी सभाका उम्मेदवार रहेका हालका बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चुनावको बेला मतदाता प्रभावित हुने भन्दै निर्णय तत्काल नगर्न निर्देशन दिएका थिए । उनको निर्देशन पछि त्यतिवेला गाँउपालिकाले गर्न लागेको निर्णय पनि रोकिएको थियो ।

सर्वसहमति नजुटेपछि त्यतिवेला सामान्य बहुमतले निर्णय गर्न सकिन्थ्यो नेताहरुले गर्न दिएनन् अहिले गाँउसभाको दुईतिहाई बहुमत कुनैपनि ठाँउमा जुट्दैन कसरी निर्णय गर्ने अध्यक्ष केसीले बताए । लुवादहमा केन्द्र बनाउने भन्दै अध्यक्ष केसीले गाँउ सभा सदस्यका घरघरमै गएर हस्ताक्षर संकलन गरिरहेको भन्दै स्यानाखोला केन्द्र हुनु पर्छ भन्ने, पक्षकाले विरोध गरेका छन् । उपाध्यक्ष शिवा आचार्यले निति र विधि बाहेक अन्य कुनै पनि तरीकाले केन्द्र तोक्ने कुरा आफुहरुले नमान्ने बताईन । सरकारले जुनीचाँदे गाँउपालिकाको अस्थायी केन्द्र स्यानाखोला नै तोकेको छ । ११ वडा रहेको गाँउपालिकामा चार–चार वटा वडा तत्कालिन एमाले र माओवादी केन्द्रले र नेपाली काँग्रेसले तीन वटा वडामा जितेको छ । सवै पार्टीका वडाध्यक्षहरु केन्द्र तोक्ने विषयमा एकमत हुन सकेका छैनन् ।

गाँउपालिकाको केन्द्र नतोक्दा अहिलेसम्म वडा कार्यालय समेत स्थापना हुन सकेका छैनन् भने, अन्य विषयगत कार्यालय समेत अन्यौलमा छन् । गाँउपालिकाले पुर्वाधार विकासको लागी आवश्यक बजेट समेत विनियोजन गर्न सकेको छैन । विषयगत कार्यालय र गाउँपालिकाको कार्यालय भाडाको घरमा बस्दै आएका छन् । विवादका कारण पुँजीगत तर्फको बजेट समेत खर्च हुन सकेको छैन । बैशाख मसान्तसम्म ४० प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको गाँउपालिकाले जनाएको छ ।


ताजा समाचार