Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

जुनिचाँदेमा १ सय ६७ जना कृषककाे माटो परिक्षण ।

जाजरकोट ,१०जेठ । जाजरकोटकाे जुनिचाँदे गाउँपालिकाम १सय ६७ जना कृषकहरूकाे निशुलक माटाे परिक्षण गरिएको छ । जुनिचाँदे गाउँपालिका कृषि बिकाश शाखाकने अायाेजना तथा क्षेत्रीय माटो परिक्षण प्रयोग शाला खजुराकाे प्राबिधिक सहयोगमा १सय ६७ जनाको सफल परिक्षण गरिएको हाे ।

परिक्षणमा संलग्न प्राबिधिकका अनुसार जुनिचाँदे गाउँपपालिकाम अमलिया पना माटोको मात्रा धेरै देखिएको माटोमा नाईटाेजन काे मात्र राम्रो रहेको । सुन्तला तरकारी ,खाद्यान्न ,कागति , फलफूल सम्बन्धि प्रयाप्त सम्भावना रहेको प्राबिधिक देब बहादुर केसीले जानकारी दिए । यस्तै जुनिचाँदे कृषि उप-शाखाका प्राबिधिक लालबहादुर खड्काका अनुसार दुर्गमका बस्ती बाट ६ घण्टा बच्चा बच्ची बाेकेर अाउने गरेको खाजा समेत अाफुहरुले खुवाएर पठाएको ।

हाल कृषकहरू पहिलोपटक अाफनाे माटो परिक्षण गर्नपाउदा उत्साहित देखिएको समेत खड्काले जानकारी दिए । साथै प्रत्यक कृषकलाई परामर्श समेत दिएको प्राबिधिक खड्काले बताए ।उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जिल्लाकाे दुर्गममा रहेको जुनिचाँदेमा हाल शिक्षा स्वास्थ्य कृषिमा असाध्य पछाडि परेकोले स्थानीय जनता लाई गाउँ गाउँमा सिंहदरबारकाे अधिकारकाे सहनुभुती गराउन शिविरकाे अायाेजना गरिएको बताए ।

गाउँमा बर्सेनि भाेगमारी बल्जिरहेकाे हुदा कुन माटोमा कस्तो बालिनाली उत्पादन गर्न सकिन्छ जानकारी लिनकाे लागि पहिलोपटक जुनिचाँदेमा शिविरको अायाेजना गरिएको अध्यक्ष केसीले जानकारी दिए ।शिविर जेठ ६ गते देखि ८ गते सम्म सञ्चालन गरिएको थियो ।


ताजा समाचार