Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

सल्यानमा बेवारिेसे भरुवा बन्दुक फेला

सल्यान ९ जेष्ठ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलको खहरेखोला जङ्गलमा एक भरुवा बन्दुक फेला परेको छ । ईलाका वन कार्यालय सल्लीबजारको टोलि राष्ट्रिय वनलाई सामुदायिक वन बनाउनको लागि त्यस तर्फ सर्वे गर्न गएको बेला वेवारिसे अवस्थामा जङ्गलमा फालेको भरुवा बन्दुक फेला  ईलाका वन कार्यालय सल्लीबजारका अधिकृत दिपकराज प्रकाश जङ्ग शाहिले जानकारी दिनु भएको छ ।

आज बिहान ७ बजे तिर बन्दुक देख्न साथ ईलाका प्रहरी कार्यालय सल्लीबजारमा खबर गरेर त्यस तर्फ प्रहरी पुगेर खोज अनुसन्धान गर्दा बेवारिसे अवस्थामा जङ्गलमा फालेको देखिएको र अहिले भरुवा बन्दुक ईलाका प्रहरी कार्यालयमा राखिएको ईलाका प्रहरी कार्यालयका हवल्दार गोविन्द ढकालले जानकारी दिनु भएको छ ।


ताजा समाचार