Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

बिद्यालयमा शिक्षक नहुदा पठनपाठन प्रभावित ।

जाजरकोट ,७ जेठ । जाजरकोटकाे जुनिचाँदे गाउँपालिका वडा न ३ रानिचाैरमा रहेको नेपाल राष्ट्रिय अाधारभुत बिद्यालय करिब २१ दिन यता प्रध्यान ध्यापक याेगेन्द्र प्रसाद चाैधरी लगाएत महिला शिक्षाका अनिता चाैधरि बिद्यालयकाे सम्पर्क भन्दा बाहिर भए पछि हाल दैनिक पठनपाठन प्रभावित भएको छ। छाेरीकाे बिहे छ भन्दै बिद्यालय बाट निस्केका प्रअ चाैधरी हाल कुनै सम्पर्कमा नअाउदा पठनपाठन प्रभावित भएको ब्यबस्थापन समितिका अध्यक्ष जय बहादुर खडकाले बताए ।

नत ब्यबस्थापन समितिलाई जानकारी दिईयाे नत बिद्यालय स्राेत ब्यक्ति लाई अहिले बिद्यालयकाे पठनपाठन अस्तब्यसत छ । बिद्यार्थीका अभिभावकहरु हाल अाक्राेसित भएको ब्यबस्थापन समितिका अध्यक्ष खड्काले बताए । करिब २सय बिद्यार्थी रहेको नेपाल राष्ट्रिय अाधारभुत बिद्यालयमा हाल पठनपाठन समेत बन्द भएको अध्यक्ष खड्काले बताए ।

उता जुनिचाँदे गाउँपालिका शिक्षा शाखाका स्राेत ब्यक्ति ईन्द्र थापाले अाफुलाई कुनै जानकारी नगराएको र अति अावश्यक कामकमकाजमा१२ दिन सम्म बिदाम बस्न पाउने ब्यबस्था भएको र त्याे भन्दा धेरै बिदा बस्ने शिक्षक शिक्षिका लाई हाजिरी कटौती गरिने बताए । अाफुले सम्पर्क गर्ने काेसिष गरेको अहिलेसम्म फाेन अफ रहेको समेत स्रोत ब्यक्ति थापाले जानकारी दिएदिए


ताजा समाचार