Loading... आजः मङ्लबार, कार्तिक ११, २०७७

पशु स्वास्थ्य शिविरमा ३४ सय बढि पशुचौपायाको उपाचार


जाजरकोट । भेरी नगरपालिका २ बाहुनथानामा शुक्रवार संचालन गरिएको पशु स्वास्थ्य शिविरमा ३४ सय बढि पशुचौपायाको उपचार गरिएको छ । भेरी नगरपालिकाको पशुपन्छी उपशाखाले बाहुनथानामा संचालन गरेको निसुल्क पशु स्वास्थ्य शिविरमा ३४ सय ६४ पशुचौपायाको उपचार गरिएको डा.ऋषी साप्कोटाले जानकारी दिए ।

शिविरमा १४ सय ३० वा भेडा बाख्रा, ६ सय ३४ वटा गाई गोरु, २ सय ५८ वटा राँगा भैसी र ११ सय ३० वटा कुखुराको उपचार गरिएको छ । त्यस्तै १२ वटा घोडा खच्चडको उपचार गरिएको डां साप्कोटाले जानकारी दिए ।

दुई नम्बर वडाका बाहुनथाना, पोखरा, तिमिले, गिडा, रांङ्सी लागतयका गाउँबाट आफुले पालेका पशुचौपायाको उपचार गराउन कृषकहरुको घुइचो लागेको थियो । कृषकहरुले घरमा पालेका विरामी पशुचौपायको उपचार र स्वास्थ्य पशुचौपायाहरुको स्वास्थ्य परिक्षण समेत गराएका छन् ।

शिविरमा एक सय ६७ वटा कुकुरलाई रेविज विरुद्धको खोप पनि लागाइएको पशुपंछि उपशाखाका नायव प्राविधिक सहायक भिम प्रकाश के.सीले जनएका छन् ।

घरपालुवा पशुचौपायालाई स्वास्थ राख्न नगरपालिकाले आवश्यक सतर्कता अपनाएको भेरी नगरपालिकाले जनाएको छ । शुक्रवार बिहान ८ बजे देखी बेलुका ५ बजे सम्म शिविर संचालन भएको थियो ।


ताजा समाचार