Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

आधुनिक मकै खेती उन्नत प्रविधि सम्बन्धि एक दिने स्थलगत तालिम कुदुमा सुरु


जाजरकोट । मकै उत्पादनलाई वृद्धि गर्न आधुनिक मकै खेती उन्नत प्रविधि सम्बन्धि एक दिने स्थलगत तालिम भेरी नगरपालिका–१३ को कुदुमा सुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत यो तालिम सनिवार देखि कुदुमा सुरु भएको हो ।

नगरपालिकाको वडा नम्बर १३ मा गठित मकै व्लक संचालक समितिको आयोजनामा तालिम संचालन भएको हो । नगरपालिकाको आर्थिक सहयोग तथा कृषि उपशाखाको सहकार्यमा तालिम संचालन भएको प्रास टोपेन्द्र नेपालीले जानकारी दिए ।

 

कार्यक्रममा कृषकहरुको उल्यख्य सहभागिता रहेको छ । जसमा नगरपालिकाको कृषि उपशाखाले अहिले सम्मा वितरण गरेको २० क्वीन्टल उन्नत जातको रामपुर कम्पोजिट मकैको बिउ १० कीलो भन्दा बढि लिने कृषकहरुको सहभागिता रहेको छ । यस वडाका दुइ सय जना कृषकहरुलाई तालिम दिइने लक्ष्य रहेको प्रा.स नेपालीले जनाए ।

चार सिप्टमा तालिम संचलन गरिएको छ । तालिमको पहिलो सिप्ट अन्तरगत सनिवार ३७ जना महिला र १३ जना पुरुष सहित ५० कृषकहरुको सहभागिता रहेको छ । कार्यक्रममा तिन जना दलित कृषकहरुको सहभागिता रहेको छ । तालिमको कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, प्रास टोपेन्द्र नेपालीले प्रशिक्षक रहेका छन् ।

भेरी नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत तुलाराम गिरीले तालिमको उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रममा लेखापाल डम्बर विष्ट लगायतले आफ्नो भनाई राख्नु भएको थियो । अन्तिम सिप्टको तालिम मंगलवार सम्पन्न हुने भएको छ ।


ताजा समाचार