जाजरकोटमा ठुलो धनराशीको फुटबल प्रतियोगीता हुने
जाजरकोट । भेरी नगरपालीका जाजरकोटमा ठुलो धनराशीको खुल्ला नकआउट पुरुष फुटबल प्रतीयोगीता हुने भएको छ ।
जिल्ला खेलकुद विकास समिति जाजरकोटको आयोजनामा यहि जेठ ११ गतेदेखी सञ्चालन हुने प्रतीयोगीता खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा हुने छ ।
गणतन्त्र दिवसको अबसर पारेर जाजरकोटमा सन्चालन हुन लागेको प्रतीयोगीताको बिजेताले १ लाख ५० हजार र उपबिजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।