Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

समृद्ध जुनिचाँदे निर्माणकालागि छेडा चाँदे सडक लाई प्रथामिक्ता राखिएको प्रदेश संासद खत्री

जाजरकोट ,४ जेठ । जाजरकोटबाट निर्वाचित कर्णाली प्रदेशका सांसद काैशिलावती खत्रीले जुनिचाँदे गाउपालिकाकाे  समृद्धिका लागि छेडा चाँदे सडक लाई प्रथामिक्ता राखिएको बताईन  । हाल कर्णाली प्रदेशको अार्थिक बर्ष २०७५/०७६ मा बिशेष गरि छेडा चाँदे सडक लाई प्रथामिक्ता रहेको खत्रीले बताईन ।

जिल्लाकाे दुर्गममा रहेको जुनिचाँदे गाउँपालिका हाल शिक्षा स्वास्थ्य यातायातको पहुँच भन्दा पछाडि परेकाले निर्वाचनको बेला जनता संग गरेको बाचा अनुरुप काम पूरा गर्ने समेत संासद खत्रीले बताईन । साथै पश्चिमी क्षेत्रमा रहेको छाउपडि प्रथा खलिया प्रथा छुवाछूत प्रथा लाई अन्तय गर्नकाे लागि बिशेष निति निर्माणमा जाेड दिने समेत सांसद खत्रीकाे भनाइ रहेको छ ।

बिहिवार जाजरकोटकाे जुनिचाँदे गाउँपालिकाकाे सानाखाेलाम अायाेजित जनता तथा कार्यकर्ता भेटघाट कार्यक्रम लाई सम्बाेधन गर्दै खत्रीले यस्तो बताईन । पछिल्लो समय जुनिचाँदे गाउँपालिकाकाे केन्द्रकाे बिषयमा देखिएको विवाद प्रति सांसद खत्रीले स्थानीय तहका  जनप्रतिनिधिहरु जनतालाई पाईक पर्ने ठाउँमा सबैकाे सहमति अनुसार टुंगो लगाउन सुजाब दिईन ।

जनता तथा कार्यकर्तामा केन्द्रकाे विषयमा सांसदहरू गाउँ अाएकाे भन्ने भ्रम फिजिएकाे ले हिजोका दिनमा जनता संग गरिएको बाचा अनुसार अार्थिक बर्षकाे पहिले बिकास निर्माणका काम तथा नितिनिर्माण काे लागि सुजाव संकलन तथा भेटघाटमा सहभागी भएको सांसद खत्रीले जिकिर गरिन ।

अाफु हरुले केन्द्र निश्चित स्थानमा गर्नुस भनेर अहिले सम्भावना नहुने भन्दै स्थानीय तहमानै मिलाउनु पर्ने समेत अाग्रह गरिन । यस्तै कर्णाली प्रदेश सभा सांसद करबिर शाहीले जुनिचाँदे गाउँपालिका भित्र रहेका धार्मिक पर्यटन काईनाईट खानि जस्ता क्षेत्रमा  प्रदेश सरकारको निती तथा कार्यक्रम र आगामी बजेटमा समेटन आफ्नो ठुलो प्रयास हुने बताए ।

  त्यसैगरी छेडा—कचाली—जुनी हुँदै जुम्ला जोडने सडक प्राथमिकताका साथ अगाडी बढाइने बताए ।
जुनिचाँदे गाउँपालिकाकाे सानाखाेलाम कार्यकर्ता भेटघाट कार्यक्रम लाई सम्बोधन गर्दै उनले उक्त कुरा जानकारी दिएका हुन ।   गाउँपालिकाको प्रशिद्ध तिर्थस्थल नदाई डाभ ,चाँदे हिमाल बहुमुल्य काईनाईट पथरकाे  प्रचार प्रसार तथा निकासीकाे लागि  बिशेष पहल गरिने सांसद शाहीले बताए ।

यस्तै  लुम्बीनि—दाङ—सल्यान खैरावाङ—कुपिण्डे—चौरजहारी—थलह हुँदै जुम्लाको तातोपानी र रारातालसम्मको पर्यटकिय सर्किट निर्माण गर्न आफ्नो तर्फबाट संधै पहल हुने बताए । विकासका सबै पक्षलाई पूर्णता दिएपछि आफै समृद्धि हुने बताउँदै समृद्धि विकासबाट मात्रै सम्भव हुने बताए । समृद्ध नेपाल र खुशी नेपालीको अवधारणामा पुग्न सबै राजनीतिक दल, नागरिक समाज एक भएर अगाडी बढ्न आवश्यक रहेको बताए ।एक गाउँ एक उत्पादनको अवधारणा ल्याई गाउँपालिकाको सबै वडालाई कृषि उत्पादनमा जोड दिन सुझाव दिए । सिंहदरबारको अधिकार गाउँमा पुगेको छ ।

अधिकारसंगै केही विकृतिहरु पनि देखापरेको बताए । जनता तथा कार्यकर्ता भेटघाट कार्यक्रम गणेश जाैसी काे अध्यक्ष्ाता तथा जिल्ला उपाध्यक्ष बेदबहादुर शाहीको बिशेष अथितेमा सु-सम्पन्न भएको थियो कार्यक्रममा बाेल्ने जनता तथा कार्यकर्ताले चुनावी माैदानमा जनता संग गरेको प्रतिबद्धता प्रतिबद्धतामा मात्र सिमित नगर्न सुजाव दिएका थियो


ताजा समाचार