Loading... आजः शुक्रबार, मंसिर १०, २०७८

स्थानिय सरकारलाई सफल र जिम्मेवारपुर्ण बनाउन पत्रकारको ठुलो भुमिका : नगरप्रमुख घर्ती


जाजरकोट । स्थानिय सरकार र पत्रकारको सम्बन्ध सुमधुर हुनुपर्ने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले जोड दिएका छन् । स्थानिय सरकारलाई सफल र जिम्मेवार पुर्ण बनाउन स्थानिय सरकार र पत्रकारको सम्बन्ध सुमधुर हुनै पर्ने नगरप्रमुख घर्तीले जोड दिएका हुन् । नागरिकलाई कर्तव्यनिष्ठ र जिम्मेवारपुर्ण बनाउन महत्वपुर्ण भुमिका पत्रकारको रहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिलाई बधाई तथा सम्मान गर्दै नगरप्रमुख घर्तीले यस्तो बताएका हुन् । समग्र कर्णाली प्रदेश तथा स्थानीय तहमा पर्यटन प्रवद्धनको लागि कलम चलाउन आग्रह गरे । जाजरकोटमा ओझेलमा परेका बिभिन्न पर्यटकीय क्षत्रको व्यापक प्रचार प्रशार गर्न उनले आग्रह गरे । संचार क्षेत्रको विकासको लागि आफुले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

त्यस्तै पत्रकार विर वहादुर गिरीले व्यावसायी पत्रकारका हकहित र समृद्धिको लागि काम गर्न कर्णाली प्रदेश समिति सुझाव दिएका छन् । पत्रकारहरुको सिर उचोँ राखेर हिड्न मिल्ने गरि काम गर्न आग्रह गरेका छन् ।

पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले यस प्रदेशका पत्रकारहरु हौ भनेर गौरव गर्न लायक कार्यकाल बनाउने बताएका छन् । संचारकर्मी र संचारक्षेत्रको क्षमता विकासको लागी स्थानिय सरकारसंग सहकार्य गरेर जाने उनले बताए । स्थानिय सरकालई सफल बनाउन पत्रकारहरुको दायित्व महत्वपुर्ण रहेको उनको भनाई छ ।

प्रसचौतारी नेपाल जाजरकोट शाखाको आयोजनामा बिहिवार खलंगामा भएको कार्यक्रममा पत्रकार महासंघका प्रदेश अध्यक्ष दुर्गा थापा, महासचिव दिपेन्द्र शर्मा, सचिव गणेश सिर्पाइली, सदस्यहरु गोविन्द केसी, कृष्ण धमला, कृष्ण आर्चाय र अशोक सिंहलाइ बधाइ तथा सम्मान ज्ञापन गरिएको हो ।


ताजा समाचार