Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

बालबालिकालाई कराँते सिकाउदै नगर प्रमुख


जाजरकोट । धेरै समय जनताको काममा व्यस्थ हुने भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्तीले बचेको समयमा बालबालिकालाई कराँते सिकाउने गरेका छन् । मेयर घर्तीले बिहान बेलुका समय निकालेर बालबालिकालाई कराँते सिकाउने गरेका हन् ।

जनताको काम भ्याइ नभ्याइ भए पनि नगर प्रमुख घर्तिले बिहाना बेलुकाको समय बालबालिकाको चाहना पुरा गर्ने गरेका छन । उनीसंग कराँते सिक्न लालाहीत बालबालिकालाइ भरपुर आनन्दका साथ खेल सिकाउने गरेको बिशाल बि.कले बताए । नगर प्रमुखको साथमा खेला सिक्न पाउदा हामीलाइ निकै गर्भ लागेको छ बिशालले भने ।

नगरपालिकाका वडा नम्बर २,३ र ४ का बालबालिका नगरप्रमुख संग अहिले नियमित संग खेल सिकिरहेका छन् । बालबालिकालाई स्वास्थ्य र अनुशासीत बनाउन खेलकुद जरुरी रहेकोले आफुले खेल सिकाउने गरेको उनी बताउछन् । उनि भन्छन् ः धेरै समय जनताको काममा व्यस्थ हुन्छु तर थोरै भएपनि समय निकालेर साना भाई बहिनीहरुलाई खेल सिकाउन पाउँदा आनन्द लागेको छ ।

आफ्नो बिगत सम्झना पाउदा सबै तनाबहरु हराउछन नगर प्रमुख घर्तिले भने । घर्ती कराँतेका पुर्व राष्ट्रिय खेलाडी हुन । हाल गोजुरियो कराँते दो संघका केन्द्रिय अध्यक्ष रहेका घर्ती एसियन कराँते महासंघका रेफ्री पनि हुन् ।

अहिले करिव २० जनाले कराँते सिकीरहेका छन् । खेल सिकाइरहेका अर्का प्रशिक्षक अमृत मल्लले नगरप्रमुख संग कराँते सिक्दा बालबालिकाहरु निकै उत्साहित भएको बताए ।

नगरप्रमुख जिल्लाको खेलकुदको विकासमा गम्भिर भएको पाएको उनले बताए । जिल्लामा अहिले सम्म एउटा पनि खेलमैदान नहुनु लज्जास्पद भएको भन्दै आवश्यक पुर्वाधारहरुको निर्माण गर्न आफु लागि परेको नगर प्रमुख घर्तीले बताए ।


ताजा समाचार