Loading... आजः शनिबार, कार्तिक ६, २०७८

सल्यानमा बस दुर्घटना,४० जना घाईते


मिना बुढाथोकी
सल्यान । सल्यानमा बस दुर्घटना हुंदा ४० जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको अबस्था गम्भीर रहेको छ । जिल्लाको शारदा नगरपालिका १ सितलपाटी, पटनेरी स्थीत पिपलचौतारा नजिक बिहान पौने ११ बजे तिर बस दुर्घटना भएको हो ।

सल्यानको खलंगाबाट श्रीनगर तर्फ जाँदै गरेको ना ६ ख २५०५ नम्बरको बस र श्रीनगर देखी खलंगा तर्फ आउदैँ गरेको ना ५ ख ७७५० नम्बरको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी कुमाख गाँउपालिका ३ का १२ बर्षिय राजन थापा र शारदा नगरपालिका –१ श्रीनगरका २१ बर्षिय हरी रोका गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई श्रीनगरमा सामान्य उपचार पछि थप उपचारको लागी कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

अहिले कान्तीपुर सामुदायिक अस्पतालमा र अधिकारी बन्धु पोलिक्लिनिकमा गरेर ३८ जनाको उपचार भइरहेको छ ।


ताजा समाचार